ad ad

कारोबार


इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली

नेपालखबर
माघ १६, २०७९ सोमबार २२:०, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली चयन भएका छन्। 

संघको २२ औँ साधारण सभाबाट पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

समितिको उपाध्यक्षमा मनोज अग्रवाल, महासचिव नविन कुमार श्रेष्ठ, कोषाध्यक्ष पुष्कर बडाल र सचिव सुरेन क्षेत्री चयन भएका छन्। 

कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य, सुजन थापा रहेका छन्। 

साधारण सभाले विनय बोहरा, विनय साउद र प्रमेश खरेललाई सल्लाहकार चयन गरेको छ। 

संघको प्रमुख कार्यकारी अधिकृत (सदस्य सचिव) सुभास खड्का रहेका छन्।

यस्तै, फंक्सनल कमिटी सदस्यहरुमा बृजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण सोमबार नै गरिएको संघले जनाएको छ।

संघले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने र गुणस्तरीय सेवा दिँदै इन्टरनेट क्षेत्रको विकास गर्ने लगायतका लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .