ad ad

कारोबार


फाबरले एरोस्टेसन चिम्नीमा आकर्षक छुट दिने

फाबरले एरोस्टेसन चिम्नीमा आकर्षक छुट दिने

नेपालखबर
माघ १८, २०७९ बुधबार १६:२९, काठमाडौँ

किचन चिम्नी निर्माता कम्पनी फाबरले आफ्नो घरका लागि अत्याधुनिक प्रविधिमा निर्मित र उच्च गुणस्तरका किचन एप्लाएन्सेस खरिदमा छुट अफर ल्याएको छ। 

कम्पनीले नेपाली ग्राहकहरुलाई आफ्ना तीनवटा एरोस्टेसन चिम्नीहरुमा ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो। सुरक्षित, स्टाइलिस र फंक्सनल चिम्नीका साथसाथै ग्राहकहरुले १.५ लिटरको रु. २,४५० मूल्य बराबरको फाबर इलेक्ट्रिक वाटर केटल पनि पाउने कम्पनीले जनाएको छ। 

यो अफर एरोस्टेसन स्पार्कल प्रो थ्रीडी टिसी एबी ९०, एरोस्टेसन स्टार प्रो थ्रीडी टिसी एबी ९० र एरोस्टेसन ग्लासी थ्रीडी पीबी ९० मा उपलब्ध छ। 

यसैगरी, कम्पनीले माथि उल्लिखित एरोस्टेशन चिम्नी र नेक्सस हब कुकटप हाइब्रिडहरु (नेक्सस ८०३ वा नेक्सस ६०३) को संयुक्त खरिदमा रु. ११,००० बराबरको फाबर मिक्सर ग्राइन्डर पनि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। 

इटालियन ब्रान्ड फाबर भान्साको चिम्नी बनाउने विश्वकै अग्रणी हो र अझै पनि गुणस्तर र उत्पादन मात्रामा नम्बर एक रहेको छ। ८ राष्ट्र र ३ महादेशमा पहिले देखि नै रहेको फाबर नेपालमा सबैभन्दा छिटो रुचाइएको घरेलु एप्लाएन्सेस ब्रान्ड मध्ये एक हो।

युएचएस होल्डिङ्स प्रा. लि. नेपालमा फाबरको आधिकारिक आयातकर्ता र वितरक हो। किचन हुड र चिम्नी बाहेक यस कम्पनीले कुकटप, डिसवासर, ओभन, कुकिङ रेन्ज, हब, साना घरायसी सामाग्री  र फेबरका अन्य लोकप्रिय उत्पादनहरु प्नि उपलब्ध गराउँछ। 

युएचएस होल्डिङ्स नेपाली आर्किटेक्चरल र निर्माण उद्योगको आवश्यकता बीचको खाडल पुरा गर्नमा केन्द्रित छ। यो कम्पनी बाथरुम, भान्छा, फ्लोरिङ, सिलिङ र रेलिङ फर्निचर, उपकरण, र हार्डवेयर समाधानमा व्यावसायिक र आवासीय समाधानको कार्यक्षेत्रमा दक्ष छ।

अन्तर्राष्ट्रिय उत्पादकहरुसँगको साझेदारीमा यस कम्पनीले ग्राहकहरुका लागि समकालीन डिजाइन र उत्कृष्ट कार्यक्षमता सहितको ब्रान्डेड उत्पादनहरु उपभोक्ता माझ उचित मूल्यमा उपलब्ध गराउँदछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .