ad ad

कारोबार


आईएमएस एयरपोर्ट सर्भिसेजले त्रिभुवन विमानस्थलमा १० यात्रु क्षमताको नयाँ एलिभेटर थप्ने

आईएमएस एयरपोर्ट सर्भिसेजले त्रिभुवन विमानस्थलमा १० यात्रु क्षमताको नयाँ एलिभेटर थप्ने

प्रतिनिधिमूलक तस्बिर


नेपालखबर
माघ १८, २०७९ बुधबार १६:५३, काठमाडौँ

आईएमएस एयरपोर्ट सर्भिसेजले त्रिभुवन विमानस्थलमा १० यात्रु क्षमताको नयाँ एलिभेटर थप्ने भएको छ। 

यसले आगमन कक्षको उक्त क्षेत्रमा हुने भीडभाड व्यवस्थापनमा सहज हुने र समस्याहरु न्यूनीकरणमा सहयोग गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त ट्राभलेटरमा यात्रुहरुले दुःख नपाऊन् भन्ने उद्देश्यले सहयोग गर्न, सहज बनाउन र गाइड गर्न चौबीसै घण्टा एक सुरक्षा गार्डको व्यवस्थापन गरिएको छ।

‘ट्राभलेटरमा के गर्ने र के नगर्ने भन्ने जानकारीका दिन तथा यात्रुहरुलाई सूचित गर्नका लागि त्यहाँ साइनबोर्डको राखिएको छ’, कम्पनीले भनेको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा ह्विल लकिङ सिस्टम भएका ट्रलीहरु र प्रस्थान कक्षका ह्विल लकिङ सिस्टम नभएका ट्रलीहरु मिसमास नहोस् भन्नका लागि उच्च सतर्कता अपनाइनेछ। त्यहाँ भएका ट्रलीहरु नियमित रुपमा मर्मतसम्भार गरिनेछ।’

दुईवटा सुटकेससम्म भएका यात्रुहरुले आगमन कक्षको ट्राभलेटर सुरक्षित रुपमा ट्रलीविना नै प्रयोग गर्न सक्नेछन्। 

ट्राभलेटरको अन्त्यमा यात्रुहरुले बाहिरसम्म सुटकेस निकाल्नका लागि ट्रली प्रयोग गर्न मिल्ने व्यवस्थापन गरिएको र यो ट्राभलेटरमा अर्को सूचना जारी नभएसम्मका लागि ट्रलीको प्रयोग पूर्णरुपमा बन्देज गरिएको कम्पनीले जनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि आईएमएस एयरपोर्ट सर्भिसेज प्रालिले व्यवस्थापन गरेको आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित सार्वजनिक भएको घटना, जनगुनासो तथा समस्याबारे आइएमएस ग्रुप व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

‘यो समस्याको समाधान तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रु बाहिर निस्किने मार्ग, प्रतिक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउन आईएमएस एयरपोर्ट सर्भिसेज पूर्णरुपमा प्रतिबद्ध रहेको जानकारी दिँदै यो विज्ञप्ति जारी गरिएको हो’, कम्पनीले भनेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट यात्रुहरु बाहिर निस्किने मार्गमा एलिभेटरमा बढी भीडभाड हुन थालेपछि ट्राभलेटर दोस्रो चरणमा निर्माण गरिएको थियो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र कटेपछि यात्रुहरुका लागि सहज आगमन, लथालिङ्ग पार्किङ समस्याको उचित व्यवस्थापनका लागि यात्रु मार्ग, यात्रु प्रतिक्षा कक्ष, पार्किङ क्षेत्रको निर्माण आयोजना नेपाल सरकारको टेन्डर आह्वानपछि निर्माण, व्यवस्थापन, सन्चालन र हस्तान्तरण (बुट) मोडलअनुसार ३० वर्षे लिजसहित आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिको पूर्ण लगानीमा नेपालकै सबैभन्दा ठूला निर्माण कम्पनीमध्येको एक रसुवा कन्स्ट्रक्सनसँगको साझेदारीमा निर्माण भएको हो।

यात्रुहरुले आगमन कक्षबाट बाहिर निस्कँदा प्रयोग गर्ने ट्रलीहरुको व्यवस्थापन यो निर्माणका लागि भएको सम्झौताअन्तर्गत नपरे पनि आइएमएस एयरपोर्ट सर्भिसेजले ट्राभलेटरमा सुरक्षित रुपमा प्रयोग गर्न मिल्ने ह्विल लकिङ सिस्टम भएका नयाँ ट्रलीहरु खरिद गरेर उपलब्ध गराउँदै त्यसको व्यवस्थापनमा पनि सहजीकरण गरेको थियो। 

‘तर, ह्विल लकिङ सिस्टम नभएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलेदेखि नै प्रयोेगमा रहेका ट्रलीहरु प्रस्थान कक्षबाट आगमन कक्षमा पुगेर नयाँ ट्रलीहरुसँग मिसमास भइरहे पछि ट्राभलेटरमा ती पुराना ट्रलीहरुका कारण एकभन्दा धेरै लगेज भएका यात्रुहरुका लागि समस्या भएको थियो’, कम्पनीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .