ad ad

कारोबार


पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपालखबर
माघ २३, २०७९ सोमबार २२:८, काठमाडौँ

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ।

वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ।

निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल÷मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .