कारोबार


असल कर्जामा १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थालाई निरन्तरता

असल कर्जामा १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थालाई निरन्तरता

नेपालखबर
माघ २६, २०७९ बिहिबार २२:१५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले कोभिडकालमा ल्याएको व्यवस्थालाई निरन्तरता दिएको छ। 

बैंकले कोभिडकालमा असल कर्जामा १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था ल्याएको थियो। त्यसलाई राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत निरन्तरता दिएको हो। 

बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरेका लगानीकर्ताले केन्द्रीय बैंकले विशेष परिस्थितिमा ल्याएको व्यवस्था भएकाले हटाउन माग गरिरहेका थिए। तर, केन्द्रीय बैंकले त्यसलाई निरन्तरता दिएको हो।

कोभिडकालअघि असल कर्जामा १ प्रतिशत मात्रै प्रोभिजनको व्यवस्था गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .