बैंक तथा वित्तीय संस्थाहरुले छ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप लिन नपाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गरी तीन महिनाभन्दा कम समयावधिको व्यक्तिगत मुद्दती निक्षेप तथा छ महिनाभन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न नपाइने व्यवस्था गरेको हो।
मुद्दती निक्षेपको समयावधि समाप्त नहुँदै पूर्वनिर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी मुद्दती निक्षेप स्वीकार गर्न पाइनेछैन।
संस्थागत मुद्दती निक्षेपको हकमा छ महिना व्यतित हुनुअगावै कुनै पनि रकम भुक्तानी फिर्ता गर्न पाइनेछैन।
60
Shares
प्रतिक्रिया