कारोबार


संक्रमित बिरुवा पैठारी गरे ५० हजारदेखि डेढ लाखसम्म जरिवाना

संक्रमित बिरुवा पैठारी गरे ५० हजारदेखि डेढ लाखसम्म जरिवाना

नेपालखबर
पुस १५, २०७६ मंगलबार ७:५०,

संक्रमित बिरुवा वा बिरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिवाना हुने भएको छ।

बिरुवा संरक्ष्ण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक पास भए सङ्क्रमित बिरुवा वा बिरुवाजन्य उपज निकासी तथा पैठारी गरेमा, जानी जानी वा लापरवाहीपूर्वक सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको संसर्ग स्वस्थ्य बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुसँग गराएमा एक लाख ५० हजार सम्म जरिवाना हुने व्यवस्था गर्न लागिएको हो । हाल यो विधेयक कृषि समितिमा दफावार छलफलको क्रममा रहेको छ।

त्यसैगरी सङ्क्रमित बिरुवा वा बिरुवाजन्य उपज बिक्री वितरण गरेमा, सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु तोकिएको प्रक्रिया नपु¥याई नष्ट गरेमा, सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु निरीक्षक वा कार्यालय प्रमुखको स्वीकृति बिना क्वारेन्टाइन स्थलबाट हटाएमा पनि उक्त जरिवाना हुने व्यवस्था गर्न लागिएको छ। यसअघि उक्त कसुर अन्तर्गत १० हजार देखि ५० हजारसम्म जरिवाना तोकिएको थियो।

समितिमा मंगलबार विज्ञहरुसँग विधेयकमाथि छलफल गरीएको छ। छलफलमा विज्ञ गोविन्द घिमिरेले स्वविवेकले जरिवाना गर्ने अधिकार धेरै भएको बताए। ‘२५ हजार देखि ५० हजारसम्म भनिएको छ । २५ हजारको ग्याप धेरै भयो। यसलाई कन्ट्रोल गर्नुपर्छ । स्वविवेकी अधिकारले दुवै पक्षलाई नोक्सानी गर्छ र राज्यलाई पनि घाटा गर्छ’, उनले भने।

छलफलका क्रममा अर्का विज्ञ राजन शर्माले तत्काल नै लागू भएर आएपछि एक्पोर्टमा समस्या हुने भन्दै सबैभन्दा पहिले पूर्वाधार बनाउनुपर्ने बताए। उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्ने लोगोहरुमा कुन संकेत राख्ने भन्ने कुरा निक्र्यौल हुनुपर्ने बताए ।

छलफलमा विज्ञहरुले एउटै दफामा निकासी र पैठारीको व्याख्या गर्नुभन्दा २ खण्डमा यसको व्याख्या गर्नुपर्ने बताएका छन्। त्यस्तै अन्य मुलुकबाट कच्चा काठ लिने कि नलिने भन्ने कुरा स्पष्ट हुनुपर्ने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad