कारोबार


नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको मुद्दा अझै टुंगो लागेन

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको मुद्दा अझै टुंगो लागेन

नेपालखबर
फागुन १५, २०७९ सोमबार १५:५०, काठमाडौँ

नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, र ब्रोकर लाइसेन्स वितरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट अझै टुंगो लागेको छैन। 

अदालतले आज पनि अन्तिम आदेश नदिएपछि यो मुद्दा टुंगो लाग्न थप समय लाग्ने भएको हो।

न्यायधीशद्वय इश्वर खतिवडा र हरि प्रसाद फुयालको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो। रिट निवेदक अधिवक्ता दिपक विक्रम मिश्रका अनुसार संवैधानिक इजलासमा अर्को सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ।  

बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गरेको थियो।

बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो। तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन।

नयाँ ब्रोकर लाइसेन्सको अनुमति माग्दै ४६ कम्पनीले आवेदन दिएका थिए। सटक डिलरको लागि १ कम्पनी, पूर्णकालिन ब्रोकर लाइसेन्सको लागि ४ कम्पनीसहित ४१ कम्पनीले आवेदन दिएका छन् ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .