कारोबार


यूएचएस होल्डिंगले नेपालमा ल्यायो हेफेल स्टुडियो

यूएचएस होल्डिंगले नेपालमा ल्यायो हेफेल स्टुडियो

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १३:५४, काठमाडौँ

इन्टेरियरसम्बन्धी सेवामा अग्रणी कम्पनी युएचएस होल्डिङ हेफेल डिजाइन स्टुडियोको शुभारम्भ गरेको छ। 
                  

गैह्रीधारास्थित हाफेल शोरुममा १८ गते आयोजित एक समारोहबीच हेफेल दक्षिण एसियाका प्रबन्धनिर्देशक फ्रान्क सोडर एवं यूएचएस होल्डिङका अध्यक्ष पुरुषोत्तम न्यौपानेले यसको  संयुक्त उद्घाटन गरेको कम्पनीले जनाएको छ।
  
हेफेलको नेपालस्थित फ्रेन्चाइजको रुपमा रहेको यस नयाँ डिजाइन स्टुडियोमा आर्टिटेक्चरल  हार्डवेयर, ग्लास फिटिङ, फर्निटर फिटिङ, डिजिटल सेक्युरिटी लाइटिङ, किचेन फिटिङलगायत अन्य सम्बन्धित उत्पादनहरु ‘रियल टाइम’ ढंगमा उपलब्ध छन्।

उक्त कार्यक्रममा हेफेल एवं युएचएस होल्डिङका प्रतिनिधिहरुले समुन्नत प्रविधि र उत्कृष्ट कार्यकौशलसम्पन्न उत्पादनहरुले विश्वका प्रसिद्ध वास्तुकार एवं  इंटीरियर   डिजाइनरहरुलाई अभिप्रेरित गरेको बताए। त्यसैगरी, उनीहरुले यस ब्राण्ड आफ्ना ग्राहकहरु प्रति पनि प्रतिवद्ध रहेको जानकारी दिए।

‘हामी हेफेलजस्तो  इन्टेरियर  सेवाको लागि अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त ब्राण्डसँग आवद्ध हुनपाउँदा हर्षित एवं गौरवान्वित छौँ’, यूएचएस होल्डिङका अध्यक्ष पुरुषोत्तम न्यौपानेले भने, ‘नयाँ हेफेल डिजाइन स्टूडियो ग्राहकहरुलाई नवीनतम उत्पादनहरु प्रदान गदै उनीहरुको जीवनशैलीलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछ।’

यूएचएस होल्डिङ उच्चस्तरीय बाथरुम, सिलिङ्ग र रेलिङ्ग फर्निचरलगायतका इन्टेरियरसम्बन्धी उत्पादनहरु प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .