ललितपुरको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण प्रविधिको अत्याधुनिक डिभाइस ट्रिभेलिनी माम्बा नेपालमा भित्र्याएको छ।
ललितपुरमा एक कार्यक्रम गर्दै वरिष्ठ छाला रोग विशेषज्ञ डा.स्मृति श्रेष्ठ, मिस नेपाल अर्थ डा.सरिसा श्रेष्ठ, सोसल मिडिया इन्फ्ल्यूएन्सर करिष्मा श्रेष्ठ, सुजाता श्रेष्ठ मान्सी तामाङ, मिस्टर फुडी तथा क्रिकेटर ललित राजवंशी लगायतले उक्त डिभाइस अनावरण गरेका हुन्।
क्लिनिक सञ्चालिका डा. श्रेष्ठले यो आधुनिक प्रविधि कपाल प्रत्यारोपण प्रक्रियालाई अझ सटीक, प्रभावकारी र सहज बनाउन विकसित गरिएको बताइन्।
उनका अनुसार चिकित्सकहरूका अनुसार ट्रिभेलिनी माम्बा प्रणालीले कपालका फोलिकल (ग्राफ्ट) निकाल्ने प्रक्रियामा उच्च नियन्त्रण, कम क्षति र राम्रो गुणस्तर कायम गर्न सहयोग पुर्याउँछ।
Shares

प्रतिक्रिया