कारोबार


एनएमबि बैंकद्वारा ९ वटा सामुदायिक विद्यालयमा १०० वटा डस्टबिन वितरण

एनएमबि बैंकद्वारा ९ वटा सामुदायिक विद्यालयमा १०० वटा डस्टबिन वितरण

नेपालखबर
फागुन २१, २०७९ आइतबार १८:३, काठमाडौँ

एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको धुलाबारीमा १०० वटा डस्टबिन वितरण गरेको छ। 

उक्त सहयोग सो समुदायको विद्यालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक विद्यालयमा वितरण गरिएको हो । उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो ।

सो कार्यक्रममा बैैकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनीयर बिजीनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिति थियो, साथै खानेपानी कार्यलयबाट अध्यक्ष अजय घिमिरे लगायत अन्य पदाधिकारीको समेत उपस्थिति थियो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .