समाज


निगमको एयरबसबाट पहिलो पटक महिला पाइलटको अन्तर्राष्ट्रिय उडान

निगमको एयरबसबाट पहिलो पटक महिला पाइलटको अन्तर्राष्ट्रिय उडान

नेपालखबर
फागुन २१, २०७९ आइतबार १८:४, काठमाडौँ

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम का दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन्। 

निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई) भरेका हुन्। 

पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले आइतवार काठमाडौँ–दुबई रुटमा अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले बताइन्। 

'पाइलटद्वय भावना पन्त र सिर्जना गिरीले पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्नुभएको हो, निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड पनि हो, आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ, तर, अन्तर्राष्ट्रियमा यो पहिलो हो', उनले भनिन्।

निगमका अनुसार दुई महिला पाइलटले निगमको एयरबस ए–३२० जहाज शनिबार राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका हुन्। 

उनीहरू दुबईबाट यात्रु लिएर बुधबार बिहान काठमाडौँ फर्कने उडान तालिका छ।

बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पूर्ण चालक दलका सदस्यहरू महिला हुने जनाइएको छ। 
निगमसँग अन्तर्राष्ट्रिय उडानमा चारजना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट छन्।

यससँगै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको इतिहासमा पहिलो पटक महिला चालक दलले सफल उडान गरी इतिहास कायम गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .