नेपालको मुख्य पाँचतारे होटलमा राज गरेको नेपाल रिक्रियसन सेन्टर प्रालिले सञ्चालन गरेको क्यासिनोले नेपाल सरकारलाई करोडौँ तिर्न बाँकी रहेको देखिएको छ।
सोल्टी होटल, अन्न्पूर्ण होटल, हायात होटल, एभरेष्ट होटललगायत क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी तिर्न बाँकी रहेको हो।
नेपाल रिक्रियसन सेन्टर प्रालिमार्फत ती होटलहरुमा विभिन्न चरणमा क्यासिनो सञ्चालन भए पनि कम्पनीले सरकारलाई रोयल्टीबापतको पैसा नतिरेको हो।
सरकारले उसलाई सोमबार सार्वजनिक सूचना नै जारी गरी पैसा तिर्न ताकेता गरेको छ। कम्पनीले करिब १० वर्षदेखिको कुल ९० करोड ५० लाख रुपैयाँ रोयल्टी तिर्न बाँकी छ।
नेपाल रिक्रियसन सेन्टर प्रालिले होटल सोल्टी क्राउन प्लाजामा रहेको क्यासिनो नेपाल, होटल अन्नपूर्णमा क्यासिनो अन्ना, होटल हायात रिजेन्सीमा क्यासिनो तारा र होटल एभरेष्टमा रहेको क्यासिनो एभरेष्ट गरी चारवटा क्यासिनो सञ्चालन गरेको थियो।
उपत्यकामा सञ्चालित टप पाँचतारे होटलमा क्यासिनो सञ्चालन गरेर अधिक पैसा कमाए पनि रोयल्टीबापतको पैसा बाँकी राखेको हो।
महालेखा नियन्त्रकको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार विगतको कारोबारमा सरकारलाई भुक्तानी दिन बाँकी विभिन्न कम्पनी तथा व्यक्तिहरुमा सबैभन्दा अधिक नेपाल रिक्रियसन सेन्टर प्रालिको छ।
यसका सञ्चालक दुई जना भारतीय, एक जना अमेरिकन र तीन जना नेपाली नागरिक छन्। जसमा राकेश बाधवा र शालिनी बाधवा भारतीय नागरिक हुन् भने रिचर्ड डोयल टटल अमेरिकी नागरिक हुन्।
त्यस्तै शान्ति चड्डा र तुलाराम भट्ट नेपाली नागरिक हुन्। यिनीहरुको सेयर स्वामित्व रहेको नेपाल रिक्रियसन सेन्टर प्रालिले सरकारलाई बुझाउनुपर्ने रोयल्टी नबुझाएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ। कार्यालयले उनीहरुको तीनपुस्ते विवरण सोमबार सार्वजनिक गरेको छ।
यस कम्पनीका अलावा अरु ६२ कम्पनी तथा व्यक्तिहरुले विभिन्न प्रकृतिका पैसा नेपाल सरकारलाई तिर्न बाँकी देखिएको छ।
त्यसमा धेरै ठेकेदार कम्पनी सञ्चालक, क्यासिनो सञ्चालकहरु छन्। केन्द्रीय तहसिल कार्यालयका अनुसार ठेकेदार कम्पनीले सुरुमा मोबिलाइजेसनमार्फतको खर्च लिने र पछि ठेक्का तोडिएपछि उक्त पैसा फिर्ता नगर्ने प्रवृत्ति धेरै देखिएको छ।
अन्य रोयल्टी तिर्नुपर्ने प्रकृतिका क्यासिनो तथा मनोरञ्जन र सेवा प्रदान गर्ने प्रकृतिका कम्पनी सञ्चालनहरुले पनि पैसा नतिरेको जनाएको छ।
कसले कति तिर्न बाँकी?
- ठेकेदार कृष्णप्रसाद कुर्मी १ लाख ४० हजार
- ठेकेदार हरिवंश बर्तौला ३ लाख ७० हजार
- ठेकेदार ज्ञानबहादुर लामा २८ लाख ९२ लाख
- ठेकेदार मोहन बहादुर खत्री ३ लाख ९१ हजार
- ठेकेदार धर्मलाल तामाङ ३० लाख
- ठेकेदार नन्दुकृष्ण श्रेष्ठ २५ लाख
- टिपरानी लिम्बु २० लाख
- महेन्द्रविक्रम शाह ४ लाख ५४ हजार
- ठेकेदार सरोज रेग्मी १२ लाख
- अन्न्पूर्ण इन्टरनेशलन प्रालिका तप्तबहादुर विष्टलगायतले १९ करोड
- याक एण्ड यति होटल सञ्चालक राधेश्याम सर्राफ तथा अरुण सर्राफ २० करोड
- द फूलबारी ली होटलका सञ्चालक वियुष बहादुर अमात्य तथा उनको परिवारको ४१ करोड
- अमेरिकन कम्पनी टेक्सना रिसोर्स प्रालि १७ करोड
- इए ग्रुप दुबई ३ करोड ४८ लाख
- बीबीबी च्याम्पियन आयल अमेरिका १ करोड ९० लाख
- ठेकेदार सुनिल कार्की १ करोड ६९ लाख (दुई कम्पनीको गरी)
- हिटको प्रालिका सञ्चालक प्रदिपमान प्रधान २३ लाख ७७ हजार
- ठेकेदार लक्ष्मी बस्नेत कार्की ६९ लाख ८३ हजार
- ठेकेदार लक्ष्मी बहादुर डीसी ६२ लाख ५३ हजार
- ठेकेदार राधाकृष्ण कार्की ६२ लाख ५३ हजार
- ठेकेदार मोती यादव १४ करोड ८३ लाख
- ठेकेदार काजी थापा ८९ हजार
- ठेकदार छिमी गुरुङ ८१ हजार
- ठेकेदार तीर्थ बहादुर कतिला ४० हजार
- शुभशमशेर जबरा ८२ हजार (केन्द्रीय सेवा विभाग)
- यादव सिंह रायमाझी ७ हजार
- रामजी कुमार श्रेष्ठ बागलुङ ६० हजार
- मुक्तिनाथ शर्मा मत्स्यपालक ७६ हजार
- भोगेन्द्र झा १ हजार ९ सय
- ठेकेदार मदनकुमार कलवार २ लाख १९ हजार
- भरतबहादुर खड्का ५ हजार
- ठेकेदार कान्ती देवी कलवारनी ४ लाख ७४ हजार
- सजय कुमार थापा १ लाख २४ हजार
- विष्णुलाल श्रेष्ठ ७५ हजार
- रम्भा चित्रकार १ लाख २५ हजार
- राजेन्द्र कुमार श्रेष्ठ १ लाख
- प्रकाश बहादुर सिंह ६० हजार
- जय प्रकाश २० हजार
- विश्वनाथप्रसाद जयसवाल ३१ हजार
- ठेकेदार निमा ग्याल्जेन ४ करोड ३० लाख
- विमलादेवी शर्मा २ लाख ७९ हजार
- ठेकेदार रोशनकुमार लामा १ करोड
- केटसरिन सिंहनाके १ लाख १९ हजार
- ठेकेदार सुरेन्द्र मिश्र ११ लाख
- उदयपुर सिमेन्टका लक्ष्मण प्रसाद अधिकारी ४ लाख
- विष्णु तिमिल्सिना ६ लाख
- श्यामकुमार आचार्य ६० हजार
- मनोज कुमार थापा ६० हजार
- ज्वालाराम सैँजु ३ लाख ८२ हजार
- ठेकेदार जितेन्द्र कुमार चौधरी २ लाख
- तेजबहादुर गुरुङ ५ लाख
- काली प्रसाद खनाल २४ लाख
- लालबहादुर रोक्का ४ लाख ७९ हजार
- शेरबहादुर खड्का ३ लाख ५२ हजार
- खड्कबहाुदर रेग्मी १ करोड ३ लाख
- ठेकेदार विन्देश्वरी प्रसाद सहनी ६ लाख
- ठेकेदार महेन्द्र राउत कुर्मी ६७ हजार
- ठेकेदार प्रभु प्रसाद १३ हजार
प्रतिक्रिया