राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।
राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनीतिक पद स्वतः रिक्त हुने बेहोरा जानकारी गराएका छन्।
सथै उनले सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरुबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गरेका छन्। रासस
फागुन २९, २०७९, साेमबार
45
Shares
प्रतिक्रिया