खेल


दशरथ रंगशालामा ३५ वर्षअघि ज्यान गुमाउने ६९ जनाको स्मरण

दशरथ रंगशालामा ३५ वर्षअघि ज्यान गुमाउने ६९ जनाको स्मरण

नेपालखबर
फागुन २९, २०७९ सोमबार १८:१७, काठमाडौँ

३५ वर्षअघि हावाहुरीका कारण दशरथ रंगशालामा भएको मानवीय क्षतिमा ज्यान गुमाउनेहरुको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरेका छन्। 

शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारका दुवै खेलमा खेलाडी र दर्शकहरुले त्यस दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा मौनधारण गरेका थिए। 

सोमबारको पहिलो खेलमा खुमलटार र हिमालयन शेर्पा तथा दोस्रो खेलमा सातदोबाटो युथ क्लब र थ्रीस्टार क्लबका खेलाडीले मौन धारणा गरे।

२०४४ सालमा हावाहुरीका कारण दशरथ रगंशालामा भागदौड हुँदा ६९ जनाले ज्यान गुमाएका थिए।

२०४४ सालमा फागुन २९ गतेकै दिन जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धा क्लबबीच प्रतिस्पर्धा भइरहेको थियो। 

त्यस घटनापछि अहिलेसम्म खेलको दोस्रो हाफपछि रंगशालाका सबै ढोका खुलै राख्ने प्रचलन सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .