ad ad

कारोबार


एनआईसी एसियाबाट अन्नुले पाइन् १० लाख बीमा रकम भुक्तानी

एनआईसी एसियाबाट अन्नुले पाइन् १० लाख बीमा रकम भुक्तानी

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १८:४३, काठमाडौँ

एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई १० लाख बीमा रकम भुक्तानी गरेको छ। 

बैंकले खातामा उपलब्ध घातक रोग बीमाबापत उनलाई १० लाख बीमा रकम भुक्तानी गरेको हो। 

श्रेष्ठले बैंकको जावलाखेल शाखामा ‘सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी थिइन्। 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकमबराबरको चेक श्रेष्ठलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ। 

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो। यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जनाभन्दा बढी ग्राहकहरूलाई घातक रोग बीमाबापत ३ करोड, दुर्घटना बीमाबापत १ करोड ३० लाख र मेडिकल बीमाबापत ३ करोड ६७ लाख गरी कुल ७ करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .