ad ad

कारोबार


आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिन पाइने

आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिन पाइने

नेपालखबर
चैत ८, २०७९ बुधबार १२:५, काठमाडौँ

सगरमाथा जलविद्युत कम्पनीले बुधबारदेखि प्राथमिक सेयर (आईपीओ) बिक्रीमा ल्याएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले कुल २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो सेयरका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा चैत १२ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपि आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .