ad ad

कारोबार


१० करोड बढी लगानीमा पोखरामा खुल्यो होटल पौवा

१० करोड बढी लगानीमा पोखरामा खुल्यो होटल पौवा

नेपालखबर
चैत ८, २०७९ बुधबार १२:३५, पोखरा

नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सुन्दर पर्यटकीय शहर पोखराको लेकसाईडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको छ। 

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गरेको पौवाले नेपालकै पर्यटन उद्योगको लोभलाग्दो प्रमुख गन्तव्य पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ बाट आफ्नो ११औं शाखा सञ्चालनमा ल्याएको हो। 

पौवाको ११ औ शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत्र १० गते बिहान १० बजे औपचारिक उदघाटन गर्ने कार्यक्रम छ।

विविध कार्यक्रमका साथ पौवाले शाखा संचालनको औपचारिक शुभारम्भ गर्न लागेको हो। शुभारम्भको अवसरमा यही चैत १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरुबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए। 

उद्घाटन कार्यक्रमसहित विविध कार्यक्रमको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले पौवामा आएर खानाको स्वाद चाख्न सबैलाई आग्रह समेत गरे। 

‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो। त्यसमा पनि होटल व्यवसाय झन बढी मारमा पर्यो। तर, पछिल्लो समय विस्तारै बाह्य पर्यटकहरुको आगमन बढ्न थालेसँगै होटल उद्योगहरु पनि चलायमान हुन थालेका छन्’, ज्ञवालीले भने, ‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण छ। तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौ।’ 

१० वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले ११ औं शाखाको रुपमा पोखरामा करिब १० करोड बढी लगानी गरेको छ भने पोखरामा अझै थप लगानी गर्न योजना रहेको प्रबन्धनिर्देशक ज्ञवालीले बताए। पौवाको लक्ष्य अनुसार मिसन १०० मा पुग्दा पौवाको लगानी अर्बौँ पुग्ने होटलले जनाएको छ। 

पौवा पोखरामा यस्ता छन सुविधा 
पौवा आतिथ्य सेवालाई मुल मन्त्रको रुपमा सञ्चालित होटल हो। संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफनो विस्तारको लक्ष्य लिएको छ।

सुन्दर गार्डेनसहितको सुविधासम्पन्न होटल भवन (कतबतभ या बचत)मा सुपर डिलक्स र मिनी सुईटगरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन्। प्रत्येक कोठामा वातानुकुलित रहेका छन् भने उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ। कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र  रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। 

होटलमा दुई वटा सेमिनार हल र कन्फ्रेन्स हल रहेका छन्, जहाँ एकैपटक फरक फरक बैठक, सेमिनार लगायतका विविध कार्यक्रम गर्न सकिन्छ। पौवा पोखराको मुख्य आकर्षण एकहजार बढी क्षमताको ‘फेवा हल’ हो। फेवा हलमा एकैपटक एकहजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाहउत्सव लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिन्छ। ठूलो उपस्थितिका लागि पार्किङ अत्यावश्यक रहेको छ। पौवामा एकैपटक पचासौं सवारी साधन पार्किङ गर्नसक्ने सुविधा रहेको छ। 

सबैखाले सुविधायुक्त पौवा यस्ता कार्यक्रमहरु गर्न पोखरा र आसपासका बासिन्दाका लागि समेत सहज गन्तव्य बन्ने होटलका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले विश्वास व्यक्त गरे।   

पौवाले चौबिसै घन्टा आतिथ्य सत्कारको सेवा दिएको छ। पूर्ण पारिवारिक वातावरणमा सञ्चालन हुने पौवाले  पोखरा अन्तराष्ट्रिय विमानस्थल र बसपार्कसम्म ल्याउने÷लैजाने ट्रान्सफरको सुविधा रहेको छ। 

‘हामीलाई विश्वास छ पोखरा पौवामा आउनुहुने आन्तरिक र बाह्य पर्यटकलाई आतिथ्य सत्कार सहितको सेवामा कुनै कमी हुन दिदैनौँ’, अध्यक्ष भण्डारीले प्रतिबद्धता व्यक्त गरे। 

पौवा पोखराले मात्र ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ। पौवाको सेवाले पोखरा घुम्न आउने पर्यटकले नेपाल चिनाउने अवसरको रुपमा लिइएको ब्राण्ड प्रमुख भण्डारीले बताए। 

‘होटलमा आउने अतिथि तथा ग्राहकको सन्तुष्टि नै हाम्रो सेवाको आदर्शको रुपमा लिएका छौँ। आउँदै गरेको नेपाली नयाँ वर्षमा पौवाले स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी विशेष छुट सहितको प्याकेज सेवा उपलब्धको तयारमा पौवा ग्रुपले तयारी गरेका छौँ’, उनले भने। 

एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिसन १०० योजना बनाएको होटल पौवा पोखरासहित अहिलेसम्म देशभर ११ स्थानमा सञ्चालनमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .