कारोबार


भायानेटले ल्यायो एक्सजीएस फाइबर टेक्नोलोजीमा आधारित २ जीबीपीएस इन्टरनेट

भायानेटले ल्यायो एक्सजीएस फाइबर टेक्नोलोजीमा आधारित २ जीबीपीएस इन्टरनेट

नेपालखबर
चैत ९, २०७९ बिहिबार १२:४, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले नवीनतम एक्सजीएस फाइबर प्रविधिमा आधारित २ जीबीपीएस एक्सट्रिम प्याकेजमार्फत नेपालकै पहिलो मल्टि-गिग इन्टरनेट सार्वजनिक गरेको छ। 

यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।

एक्सजीएस पीओएन अर्थात् १०-गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर-अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो। यसले १० जीबीपीएससम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ। हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्कमा आधरित छ। हाल, गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपीओएन) प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो जसको अधिकतम डाउनलोड गति २.४ जीबीपीएस र १.२ जीबीपीएसको अपलोड गति छ। अब एक्सजीएस पीओएनको लन्चसँगै ग्राहकहरूले १० जीबीपीएससम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन्। 

भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो। एक्सजीएस पीओएनमार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको छ। 

अब ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन्। यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टि-डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँ-नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्ने छ।

हालका लागि नयाँ एक्सजीएस फाइबर प्रविधिमा आधारित उत्पादनहरूको एक्सजीएस  एक्सट्रिम लाइन अप काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध छ। यद्यपि भायानेट छिट्टै आफ्ना एक्सजीएस उत्पादनहरूको कभरेज उपत्यकाभरी बनाउन प्रतिबद्ध रहेको छ।

भायानेट कम्युनिकेसन नेपालमा अत्याधुनिक प्रविधि र उत्कृष्ट सेवाहरू उपलब्ध गराउन सधैं प्रतिबद्ध रहेको छ र एक्सजीएस एक्सट्रिम भायानेटले विगतमा ल्याएका केही अग्रगामी आविष्कारहरूको निरन्तरता हो। 

सन् २०११ मा भायानेटले नेपालमा पहिलो पटक फाइबर-टू-द-होम प्रविधि ल्याएर देशको इन्टरनेटको क्षेत्रमा परिवर्तन ल्यायो। त्यस्तै सन् २०१६ मा नेपालको पहिलो आईपीटीभी सेवाको सुरुवातसँगै यसले नेपालीहरूको टिभी हेर्ने अनुभवलाई सदाका लागि परिवर्तन गर्‍यो। कम्पनीले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवाहरू प्रदान गर्न उन्नत प्रविधि र पूर्वाधारमा लगानी जारी राख्ने योजना बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .