ad ad

कारोबार


प्रभु क्यापिटलले गर्‍यो सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम

प्रभु क्यापिटलले गर्‍यो सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १९:३, काठमाडौँ

विश्व लगानीकर्ता सप्ताह २०२३का अवसरमा प्रभु क्यापिटलले पुँजीबजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गरेको छ। 

कम्पनीले काठमाडौंको मैतिदेवीस्थित यूनिभर्सल कलेजका बीबीएमा अध्ययनरत विद्यार्थीका लागि आज चेतनामूलक कार्यक्रम आयोजना गरेको हो।

कलेजका ५० जनाभन्दा बढी विद्यार्थीहरु कार्यक्रममा सहभागी भएको कम्पनीले जनाएको छ।

उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफलसम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए। 

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .