नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका ११ ठाँउमा घर/जग्गा खरिद गर्ने भएको छ।
इन्स्योरेन्स कम्पनीले व्यवसाय विस्तारको लागि ११ ठाँउमा घर/जग्गा खरिद गर्न लागेको हो।
कम्पनीले विराटनगर महानगरपालिका, इटहरी उप–महानगरपालिका, बिर्तामोड नगरपालिका, वीरगञ्ज महानगरपालिका, जनकपुर महानगरपालिका वा बर्दिवास नगरपालिका, भरतपुर महानगरपालिका, बुटवल उप–महानगरपालिका, हेटौंडा उप–महानगरपालिका, धनगढी उप–महानगरपालिका, नेपालगञ्ज उप–महानगरपालिका र वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र घरसहित वा घररहित जग्गाको खरिद गर्न लागेको जनाएको छ।
कम्पनीका अनुसार बीमा प्राधिकरणबाट जारी भएको निर्देशनको अधीनमा रही कार्यालय तथा व्यवसाय प्रयोजनको लागि घरजग्गा खरिद गर्न आवश्यक भएकाले घर/जग्गा बिक्री गर्न इच्छुक व्याक्ति/संघ संस्थाबाट बिक्री प्रस्ताव दिन आह्वान गरिएको छ।
बिक्रीकर्ताले बिक्री प्रस्तावसहित कम्पनीको केन्द्रीय कार्यालय, क्लासिक कम्प्लेक्समा, कमलादी काठमाडौंमा प्रस्ताव दिन भनेको छ।
कम्पनीले प्रस्तावित घरजग्गा करिब ८ मिटरको मूलसडकसँग जोडिएको हुनुपर्नेछ जनाएको छ।
साथै, घर जग्गाको कित्ता नं. स्पष्ट देखिने ब्लुप्रिन्ट नक्सा अनिवार्य रुपमा समावेश भएको हुनुपर्ने, घरजग्गाको स्थान खुल्ने नक्सा र सो नक्सामा जग्गाको सिमाना चिन्ह लगाई नक्सा पेश गर्नपर्नेछ।
कम्पनीले इच्छुक व्याक्ति/संघ संस्थाबाट यो सुचना जारी भएको मितिले २१औँ दिन अर्थात वैशाख ३ गतेसम्म कम्पनीको कार्यालय समय भित्र पेश गर्नुपर्नेछ।
प्रतिक्रिया