बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम बढ्दै गइरहेको छ।
निक्षेप थपिँदै जाँदा समेत वित्तीय संस्थाहरुले व्यवसाय विस्तार गरेका छैनन्।
वित्तीय संस्थाहरु व्यवसाय विस्तार रोकेर कर्जा उठाउन र निक्षेप बढाउने तयारीमा जुट्दा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) समेत सुधार हुँदै गएको देखिन्छ।
वित्तीय संस्थाहरुमा चैत ९ गते कुल ५४ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप थियो। पछिल्लो एक दिनमा वित्तीय संस्थाको निक्षेप ४ अर्ब रुपैयाँ बढेर निक्षेप बढेर चैत १० गतेसम्म आइपुग्दा ५४ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप पुगेको छ।
यता व्यवसाय विस्तार भने स्थिर नै देखिएको छ। चैत ९ गते ४८ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थालको चैत १० गतेसम्म आइपुग्दा स्थिर नै देखिएको छ।
बैंकहरुमा निक्षेप थपिएर कर्जा लगानी स्थिर हुँदा सीडी रेसियो ८५.६५ मा आएको छ।
साथै अन्तर बैंक सापटी समेत ७.०१ प्रतिशतमा झरेको छ।
प्रतिक्रिया