कारोबार


उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु (फोटोफिचर)

उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु (फोटोफिचर)

तस्वीरहरू: सरोज नेपाल


नेपालखबर
चैत २९, २०७९ बुधबार १०:२४, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ।

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भएको छ। मतदान साँझ ४ बजेसम्म चल्नेछ। मतदानपछि मतगणना साँझ ५ बजेपछि थालिने र नतिजा घोषणा गर्ने कार्यतालिका रहेको छ।

महासंघको विधानअनुसार महासंघको अध्यक्ष भने हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः हुने छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ। 

तर ढकालपछिको नेतृत्व लिन भने अहिले फरकधारबाट व्यवसायमा आएका व्यवसायीहरु चुनावी मैदानमा छन्। 

वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा छन्। 

नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा ११८ जनाले उम्मेदवारी दिएका छन्। कूल ६४ पदमा हुने निर्वाचनमा ११८ जनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्यसहित संस्थापक र द्विराष्ट्रिय पदमा गरी कूल ६४ पद छन्।

वरिष्ठ उपाध्यक्षबाहेक जिल्लानगर, वस्तुगत र एसोसिएटमा गरी ३ उपाध्यक्ष चाहिनेमा ८ जनाको उम्मेदवारी परेको छ। जिल्ला नगरमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गि, सुरकृष्ण वैद्य छन्। एसोसिटमा भरत आचार्य, ज्योत्स्ना श्रेष्ठ छन्। वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन, मनिसलाल प्रधान, हेमराज ढकाल छन्। 

१ सदस्यको कोटा रहेको कोशी प्रदेशबाट ३ जनाले उम्मेदवारी दर्ता गराउँदा मध्येशबाट २, बागमतीबाट २, गण्डकीबाट २, कर्णालीबाट ३ र सुदूरपश्चिमबाट २ जना उम्मेदवार बनेका छन्। यस्तै, लुम्बिनी प्रदेशबाट भने १ जनाको मात्र उम्मेदवारी परेको छ। महासंघको चुनावमा प्रत्येक प्रदेशका तर्फबाट समान १/१ जनाको कोटा हुन्छ। यसअनुसार  लुम्बिनीबाट भने सर्वसम्म चयन भएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .