कारोबार


मेगा क्यापिटलले सुरु गर्‍यो लगानी व्यवस्थापन सेवा

मेगा क्यापिटलले सुरु गर्‍यो लगानी व्यवस्थापन सेवा

नेपालखबर
चैत २९, २०७९ बुधबार १८:२३, काठमाडौँ

नयाँ वर्ष २०८० को अवसरमा ग्राहक वर्गलाई न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ। 

उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्ममान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदरभन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानीसम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहक वर्गले न्यून लागतमा व्यावसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा सेयर बजारतर्फ लगानी प्रारम्भ गर्न मद्दत पुर्‍याउने आशा क्यापिटलले लिएको छ। 

न्यूनतम ३ लाख नगद वा शेयर हस्ताणतरण गरेर उक्त सेवा न्यूनतम १ वर्षको लागि लिन सकिने र उक्त सेवा २०८० वैशाख महिनाभरिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। 

अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान गरिएको कम्पनीको भनाइ छ।

लगानी व्यवस्थापन सेवा प्रदायक कम्पनीहरुमध्ये छोटो समयमा मेगा क्यापिटलले गुणात्मक र परिमाणात्मक हिसाबले आफूलाई अब्बल साबित गर्न सफल भएको कम्पनीको दाबी छ। 

आफूले सेयर बजारमा लगानी गर्ने इच्छा हुँदाहुँदै पनि पर्याप्त समय दिन असमर्थ वा सेयर बजारसम्बन्धी जानकारी तथा अनुभव नभए पनि विशेषज्ञहरुबाट व्यावसायिक तवरले लगानी व्यवस्थापन सेवा लिन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .