कारोबार


उद्योग वाणिज्य महासंघको मतदान सकियो, ८ बजेपछि मतगणना

उद्योग वाणिज्य महासंघको मतदान सकियो, ८ बजेपछि मतगणना

नेपालखबर
चैत २९, २०७९ बुधबार १८:२९, काठमाडौँ

उद्योग वाणिज्य महासंघको नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको मतदान सकिएको छ।

बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सकिएको हो।

वस्तुगत, एसोसिएट र जिल्लानगर तीनवटै विधाको मतदान सकिएको हो। महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ उठेका छन्। 

महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत,  एसोसिएटतर्फको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार छ। 

वस्तुगत उपाध्यक्ष, जिल्लानगर उपाध्यक्ष र एसोसिएट उपाध्यक्ष १/१ जना महासंघले निर्वाचित गर्नेछ। 

जसमा अन्जन श्रेष्ठको प्यानलबाट मनिषलाल प्रधान, उमेशलाल श्रेष्ठको प्यानलबाट हेमराज ढकाल र रामचन्द्र संघईको तर्फबाट सुकुन्तलाल प्रधानले उम्मेदवारी दिएका छन्। 

महासंघमा वस्तुगततर्फ १२३ मतदाता छन्। एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता रहेका छन्। यता जिल्लानगरका ११८ मतदाता रहेका छन्।  

निर्वाचनबाट महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। 

नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा ११८ जनाले उम्मेदवारी दिएका छन्। कुल ६४ पदमा हुने निर्वाचनमा ११८ जनाको उम्मेदवारी परेको छ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्यसहित संस्थापक र द्विराष्ट्रिय पदमा गरी कुल ६४ पद रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .