कारोबार


बैंकहरूले घटाएर सार्वजनिक गरे ब्याजदर, कुन बैंकमा पैसा राख्दा कति ब्याज पाइन्छ?

बैंकहरूले घटाएर सार्वजनिक गरे ब्याजदर, कुन बैंकमा पैसा राख्दा कति ब्याज पाइन्छ?

केशर बोगटी
बैशाख १, २०८० शुक्रबार १४:१९, काठमाडौँ

वाणिज्य बैंकहरुले आज (वैशाख १ गते)देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। 

बैंकहरुले निक्षेपको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। 

गत चैत २९ गते बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको थियो। संघले व्यक्तिगत मुद्दतीतर्फ ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत ब्याज दिने निर्णय गरेको हो। 

सोही निर्णय अनुसार बैंकहरुले ब्याजदर घटाएका छन्। 

यसअघि बैंकहरुले व्यक्तिगत मुद्दतीतर्फ ११ र संस्थागततर्फ ९ प्रतिशत दिँदै आएका थिए। 

नबिल बैंक
नबिल बैंकले बचत खातामा पैसा जम्मा गर्ने बचतकर्तालाई न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याज दिइरहेको छ।

त्यसैगरी ब्याक्तिगत तर्फको मुद्दती निक्षेपमा ९.९९ प्रतिशत, रेमिट्यान्स मुद्दतीमा १०.९९ र संस्थागत मुद्दती निक्षेप तर्फ ७.९९ प्रतिशत ब्याजदर दिइरहेको छ। 

बैंकको वेशरेट १०.१० प्रतिशत रहेको छ। बैंकले वेशरेटमा ५ प्रतिशत प्रिमियम थपेर कर्जा ब्याजदर कायम गरेको छ। नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा भने नबिल बैंकले वेशरेटमा २ प्रतिशत थपेर कर्जाको ब्याजदर तोकेको छ। 

बैंकको अधिकांश कर्जाको ब्याजदर १५ प्रतिशतको हाराहारीमा रहेको छ। 

स्टान्डर्ड चाटर्ड बैंक
स्टान्डर्ड चाटर्ड बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज दिने भएको छ। 

बैंकले रेमिट्यान्स बचतमा भने ८ प्रतिशत ब्याज दिने भएको छ।

व्यक्तिगत मुद्दतीतर्फको खातामा बैंकले ९.९९ प्रतिशत, संस्थागत तर्फ ७.९९ प्रतिशत ब्याज दिने भएको छ। 

बैंकको वेशरेट ९.४६ प्रतिशत छ। बैंकले वेशरेटमा न्यूनतम २ देखि ४ प्रतिशत प्रिमियम थपेर कर्जा ब्याजदर तोकेको छ। बैंकबाट ऋण लिनेले १३.९९ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन्।

राष्ट्रिय वाणिज्य बैंक 
राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा ५.४० प्रतिशतदेखि ७.४० प्रतिशतसम्म ब्याज दिइरहेको छ। बैंकले सामान्य बचत खातामा ५.४० प्रतिशत ब्याजदर दिइरहेको छ। तलबी बचत खातामा सबैभन्दा धेरै ब्याजदर दिइरहेको छ।

मुद्दती खाताहरुमा ब्याक्तिगत तर्फ ९.९० ब्याजदर कायम गरेको छ भने संस्थागत तर्फ ७.९९ प्रतिशत सम्म ब्याज दिइरहेको छ। 

बैंकको वेशरेट ९.२९ प्रतिशत कायम गरेको छ। वेशरेटमा न्यूनतम २ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम लिएर कर्जाको ब्याजदर तोकेको छ। 

स्थिर कर्जामा बैंकले १४.२५ प्रतिशत देखि १६.२५ प्रतिशत ब्याजदर तोकेको छ। 

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याज दिइरहेको छ। त्यसैगरी व्यक्तिगत मुद्दतीतर्फ ९.९९ प्रतिशत र प्राइम वैदेशिक बचत खातामा ८.४० प्रतिशतसम्म ब्याज दिइरहेको छ। 

संस्थागततर्फ भने ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले वेशरेटमा ५ प्रतिशत प्रिमियम कायम गरी ब्याजदर कायम गरेको छ। 

सिद्धार्थ बैंक 
सिद्धार्थ बैंकले बचत खातामा न्यूनतम ५.४० देखि अधिकतम ७.४० सम्म ब्याजदर कायम गरेको छ। 

व्यक्तिगत मुद्दतीतर्फ बैंकले ९.९९ प्रतिशत ब्यादर कायम गरेको छ। रेमिट्यान्स खातामा भने १०.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकको वेशरेट १०.६४ प्रतिशत छ। जसमा बैंकले अधिकतम साढे ४ प्रतिशत प्रिमियम कायम गरी कर्जाको ब्याजदर कायम गरेको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मुद्दती निक्षेप र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

ग्लोबल आइएमई बैंक
ग्लोबल आईएम बैंकले बचत खातामा न्यूनतम ५.४० देखि अधिकतम ९.४० सम्म ब्याजदर कायम गरेको छ। 

त्यसैगरी व्यक्तिगत मुद्दतीमा ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले वेशरेटमा ५ प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याजदर कायम गरेको छ। 

एनआईसी एशिया बैंक 
एनआईसी एशिया बैंकले बचत र मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ। बैंकले बचत खातामा ७.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

बैंकले मुद्दती खाताहरुमा व्यक्तिगततर्फ ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत र रेमिट्यान्स व्यक्तिगत मुद्दतीमा १०.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

कर्जातर्फ बैंकले वेशरेटमा ५ प्रतिशत प्रिमियम कामय गरी कर्जा ब्याजदर तोकेको छ। बैंकले स्थिर कर्जाको लागि १४.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

कुमारी बैंक
कुमारी बैंकले बचत खाताहरुमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

फिक्स डिपोजिटमा व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ र कुमारी रेमिट खातामा ११ प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकको वेशरेट १०.८२ प्रतिशत रहेको छ। बैंकले वेशरेटमा न्यूनतम २ प्रतिशत देखि अधिकतम ५ प्रतिशत प्रिमियम तोकेर कर्जाको ब्याजदर निर्धारण गरेको छ। 

नेपाल बैंक 
नेपाल बैंकले बचत खातामा ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

त्यसैगरी मुद्दती खातामा व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत ब्यादर कायम गरेको छ। 

बैंकको वेशरेट ९.९० प्रतिशत छ। वेशरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम कायम गरी कर्जा ब्याजदर निर्धारण गरेको छ। 

सानिमा बैंक 
सानिमा बैंकले बचत खातामा न्यूतम ५.९५ प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

त्यसैगरी ब्याक्तिगत मुद्दतीतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

बैंकले १३ महिना अवधिको कर्जामा १३ प्रतिशत, दुई वर्ष अवधिको कर्जामा १३.५० प्रतिशत, तीन वर्षे कर्जामा १४ प्रतिशत र ३ वर्षे बढी अवधिको साढे १४ प्रतिशत ब्याजदर तोकेका छन्। 

लक्ष्मी बैंक 
लक्ष्मी बैंकले बचत खातामा न्यूनतम ६ देखि ८.४ प्रतिशत ब्याजदर कायम गरेको छ। 

व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दतीमा ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन्। 

बैंकले कर्जामा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर कर्जाको ब्याजदर तोकेको छ। 

कृषि विकास बैंक 
कृषि विकास बैंकले बचत खातामा न्यूनतम ४.६५ प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

मुद्दतीतर्फ व्यक्तिगत मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

बैंकको वेशरेट ११.०६ प्रतिशत छ। बैंकले वेशरेटमा न्यूनतम २ देखि ५ प्रतिशतसम्म प्रिमियम कायम गरी कर्जाको ब्याजदर तोकेको छ। 
प्रभु बैंक
प्रभु बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

मुद्दतीतर्फ व्यक्तिगत खातामा ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

बैंकले वेशरेटमा ५ प्रतिशतसम्म प्रिमियम कायम गरी ब्याजदर तोकेको छ। 

एनएमबि बैंक 
एनएमबि बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

मुद्दतीतर्फ व्यक्तिगत मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

बैंकले वेशरेटमा ५ प्रतिशतसम्म प्रिमियम कायम गरी ब्याजदर तोकेको छ। 

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

मुद्दतीतर्फ व्यक्तिगत मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

बैंकले वेशरेटमा ५ प्रतिशतसम्म प्रिमियम कायम गरी ब्याजदर तोकेको छ। माछापुच्छ्रे बैंकले दश वर्षे अवधिको घर कर्जा र रिटेल कर्जामा १६ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

सनराइज बैंक 
सनराइज बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

मुद्दतीतर्फ ब्याक्तिगत खातामा ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

बैंकले वेशरेटमा ५ प्रतिशतसम्म प्रिमियम कायम गरी ब्याजदर तोकेको छ। 

बैंकले स्थिर कर्जामाहरुमा घर कर्जा, शैक्षिक कर्जा, अटो कर्जामा १३ प्रतिशत ब्याजदर तोकेको छ। 

हिमालयन बैंक
हिमालयन बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याज कायम गरेको छ। 

मुद्दतीतर्फ व्यक्तिगतमा ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 

नेपाल एससबीआई बैंक 
नेपाल एसबीआई बैंकले मुद्दतीतर्फ व्यक्तिगत खातामा ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशतसम्म ब्याज कायम गरेको छ। बैंकले रेमिट्यान्स खातामा ११ प्रतिशत ब्याज कायम गरेको छ। 

बैंकको वेशरेट ११.२१ प्रतिशत रहेको छ। वेशरेटमा बैंकले ५ प्रतिशत प्रिमियम कायम गरी कर्जाको ब्याजदर निर्धारण गरेको छ। 

एभरेष्ट बैंक 
एभरेष्ट बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। रेमिट्यान्स बचतमा भने ८.४० प्रतिशत ब्याज कायम छ। 

मुद्दतीतर्फ व्यक्तिगतमा ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम छ। बैंकले वेशरेटमा ५ प्रतिशतसम्म प्रिमियम कायम कर्जाको ब्याजदर तोकेको छ।

बैंकको वेशरेट १०.०८ रहेको छ। वेशरेटमा ४.५ प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याजदर तोकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .