कारोबार


जनार्दन शर्माले ल्याएको अनलाइनबाटै लगानी स्वीकृत योजना कार्यान्वयनमा

जनार्दन शर्माले ल्याएको अनलाइनबाटै लगानी स्वीकृत योजना कार्यान्वयनमा

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८० बुधबार १८:२२, काठमाडौँ

विदेशी लगानीकर्ताहरुको लागि नेपाल सरकारले नेपाल नै नआई लगानी स्वीकृत गराउनसक्ने सेवा सुरु गरेको छ। 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन राजपत्रमा प्रकाशित नै भएको र त्यो प्रक्रिया लागू समेत भएको उद्योग विभागले जनाएको छ। 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन यस ऐन तथा प्रचलित कानुन बमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न थालेको हो।

चालू आव २०७९÷०८० को बजेटमार्फत जनार्दन शर्माले अनलाइइ लगानी स्वीकृत गर्ने योजना अघि सारेका थिए। उक्त योजना मंगलबारदेखि लागू भएको हो।  

१० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने बजेट कार्यक्रम्मा उल्लेख थियो। जसअनुसार उद्योग विभागले त्यसलाई कार्यान्वयनमा ल्याएको हो। 

यस प्रणालीलाई पूर्ण कार्यान्वयन गर्दै नेपाल सरकारका सम्बद्ध निकायहरुसँग आबद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्ने गरी उद्योग विभागले तयारी गरिरहेको छ। 

प्रशासनिक सुधारकै चरणमा निकट भविष्यमा मानवीय संलग्नताविना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने प्रणाली अवलम्बन गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको निर्णय भई नेपाल राजपत्रमा सूचना प्रकाशन हुने क्रममा रहेको छ। सोको कार्यान्वयनका लागि विभागले वेबमा आधारित स्वचालित रुट (अटोमेटिक रुट) प्रणाली निर्माण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad