कारोबार


झन्डै दोब्बरले बढ्यो सहरी विकास मन्त्रालयको बजेट

झन्डै दोब्बरले बढ्यो सहरी विकास मन्त्रालयको बजेट

बजेट प्रस्तुतिका क्रममा अर्थमन्त्री महत। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १५, २०८० सोमबार १८:४२, काठमाडौँ

सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झन्डै दोब्बरले बढाएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।

चालु आर्थिक वर्षमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको थियो। यस मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको हो।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री महतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .