ad ad

कारोबार


रक्सी र चुरोटको कर बढ्यो

रक्सी र चुरोटको कर बढ्यो

नेपालखबर
जेठ १६, २०८० मंगलबार १२:३८, काठमाडौँ

सरकारले रक्सी र चुरोटमा कर बढाएको छ। कर बढेसँगै रक्सी र चुरोटको मूल्य बढ्ने भएको छ।

बजेटमा समावेश आर्थिक विधयेकले चुरोटमा ७ रुपैयाँ अन्त:शुल्क कर वृद्धि गरेको छ। प्रशोधित चुरोट तथा बिडी आयातमा  प्रतिकिलो ३ सय ४३ रहेको अन्त:शुल्क करलाई ३ सय ५० कायम गरिएको हो। 

खैनी, जर्दा, गुड्खामा पनि कर हेरफेर गरिएको छ।

यसअघि भन्सार शुल्क ८० रुपैयाँ प्रतिकेजी रहेकोमा त्यसलाई ५० रुपैयाँमा झारिएको हो। खैनी, जर्दा, गुड्खा प्रतिकेजीमा ८ सय २१ रुपैयाँ  रहेको अन्त:शुल्क कर भने बढाएर ८ सय ५० रुपैयाँ पुर्‍याइएको छ।

समग्रमा कर हेरफेर गरे पनि मूल्य भने अहिलेकै अनुपातमा रहने छ।

यसैगरी बियर र ह्विस्कीजस्ता अल्कोहलजन्य पदार्थमा प्रतिलिटर ५ रुपैयाँ देखि १५० रुपैयाँसम्म कर बढाइएको छ। अल्कोहलरहित बियरमा अन्त:शुल्क प्रतिलिटर ५ रुपैयाँ अन्तशुल्क बढाएको छ। चालु आर्थिक वर्षमा प्रतिलिटर ३० रुपैयाँ रहेको अन्त:शुल्क ५ रुपैयाँले बढाएर ३५ रुपैयाँ पुर्याइएको छ । 

जौबाट बनेको बियरमा प्रतिलिटर ७ रुपैयाँ अन्त:शुल्क बढेको छ। चालु आवको जौबाट बनेको बियर २२८ रुपैयाँ रहेकोमा ७ रुपैयाँ बढाएर प्रतिलिटर २३५ रुपैयाँ पुर्याइएको छ। ईएनए (एक्स्ट्रा न्यूट्रल अल्कोहल) प्रतिलिटर ४ रुपैयाँले बढेर ९० रुपैयाँ पुर्‍याइएको छ।

डिनेचर्ड स्प्रिट (८० देखि ९९ प्रतिशतसम्मको अल्कोहल)मा प्रतिलिटर ५ रुपैयाँ बढाएर ३५ रुपैयाँ पुर्‍याइएको छ।

वाइन वा ब्राण्डीको कच्चा प्रदार्थको रूपमा प्रयोग हुने सबै प्रकारका मापद द्रवहरू (स्प्रिट) प्रतिलिटर ७ रूपैयाँले अन्त:शुल्क बढाएर प्रतिलिटर २३५ रुपैयाँ पुर्याइएको छ । 

१५ युपी शक्तिको (४८.५ प्रतिशत अल्कोहल) मूल्य एक हजार ७५० बाट बढाएर १ हजार ८१५ युपी शक्तिको (४८.५ प्रतिशत) तयारी अल्कोहल २ हजार ५९ बाट २ हजार १२० र २५ युपी शक्तिको (४८.५ प्रतिशत अल्कोहल) १ हजार ३०६ बाट १ हजार ३४५ रुपैयाँ पुर्‍याइएको छ। साथै तयारी मूल्य १ हजार ७४१ बाट १ हजार ७९० रूपैयाँ निर्धारण गरिएको छ।

ह्विस्कीको मूल्य ५० रूपैयाँसम्म वृद्धि गरिएको छ।

बढेको कर २०८० जेठ १५ गते राति १२ बजेदेखि लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .