ad ad

खेल


मलेसियामाथि नेपाल ७ विकेटले विजयी

मलेसियामाथि नेपाल ७ विकेटले विजयी

नेपालखबर
जेठ १६, २०८० मंगलबार १२:४७, काठमाडौँ

महिला टी-२० आई खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। मलेसियामा जारी खेलमा जितसँगै नेपालले घरेलु टोलीसँगको सिरिज बराबरी गर्‍यो।

मंगलबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै पाँच खेलको टी-२० आई सिरिज १–१ को बराबरी गरेको हो। 

मलेसियाले दिएको ९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो।  कप्तान रुविना क्षेत्री २९ र सम्झना खड्का २ रनमा नटआउट रहे। 

ओपनर कविता कुँवरले २६ र सीता रानामगरले २३ रन बनाए। विन्दु रावल १७ रनमा क्याच आउट भइन्। 

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो। मलेसियाका लागि मास एलिसा यासमिन जुक्किफीले २८ रन बनाइन्। 

रुविना क्षेत्रीले २ विकेट लिइन्। इन्दु बर्मा र कविता कुँवरले समान एक विकेट लिए। 

नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको थियो। नेपालले १८ गते तेस्रो खेल खेल्नेछ। जेठ २० र २१ गते चौथो र पाँचौँ खेल खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .