ad ad

कारोबार


एम बैंकबाट आईएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक

एम बैंकबाट आईएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक

नेपालखबर
जेठ १६, २०८० मंगलबार १३:५, काठमाडौँ

आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले एम बैंक मार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उदेश्यका साथ आईएमई पेले एम बैंक मार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० क्यासब्याक दिने भएको हो ।

सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले रु १००० क्यासब्याक जित्न सक्नेछन्। क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने छ। यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागू हुनेछ।

केही समय यता आईएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उदेश्यका साथ यो सम्झौता भएको कम्पनीले जनाएको छ। सम्झौता पत्रमा आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .