धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति जनाएका छन्।
तर उनले ती व्यक्ति र राजनीतिक दलको नाम भने उल्लेख गरेका छैनन्।
आफू कुनै पार्टीनिकट नभएको बताउँदै उनले आफ्नो नाम बेचेर पेट पाल्ने काम नगर्न चेतावनी पनि दिएका छन्।
‘मेरो नाम लिएर कसैले पार्टी विस्तार गर्दैछ रे! म कुनै पार्टीनजिक छैन’, मेयर साम्पाङले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो नाम बेचेर आफ्नो दोकान चलाउने, पेट पाल्ने काम कसैले नगर्नू!’
जेठ १६, २०८०, मंगलबार
147
Shares
प्रतिक्रिया