ad ad

कारोबार


सरकारले बजेट बनाउँदादेखि नै दोहोरो भूमिका खेल्छ : चन्द्र प्रसाद ढकाल

सरकारले बजेट बनाउँदादेखि नै दोहोरो भूमिका खेल्छ : चन्द्र प्रसाद ढकाल

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार १९:२७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट बनाउने बेला नै सरकारले दोहोरो भूमिका खेल्ने गरेको बताएका छन्। 

इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमबार आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले सरकारले बजेट प्रस्तुत गर्ने बेलामा राम्रा र लोकप्रिय बुँदा राख्ने र आर्थिक ऐन तथा विधेयकमा भने फरक आँकडा प्रस्तुत गर्ने गरेको बताए। 

‘बजेट भाषण सुन्ने बेला राम्रा राम्रा बुँदा हुन्छन्, त्यहीअुनसार उद्योगी व्यवसायीले प्रतिक्रिया पनि राम्रै दिन्छन्,’ उनले भने, ‘तर, आर्थिक विधेयक र ऐनमा फरक आँकडाका कारण उद्योगी व्यवसायीको बजेटमाथिको प्रतिक्रिया पनि फरक पर्छ।’ 

उनले बजेट लेखन गर्ने बेलामै निजी क्षेत्रले उठाएका कुरा बजेट भाषणमा समेटिने तर, रातो किताव आउँदा फरक भएर आउने गरेको होकी भन्ने शंका निजी क्षेत्रको रहेको उनले बताए। 

यसपाली पनि निजी क्षेत्रले राखेका धेरै बुँदाहरु बजेट भाषणमा समेटिएको तर, रातो कितावमा फरक आएको उनले बताए। 

त्यही कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणलगत्तै उद्योगी व्यवसायीले बजेटमाथि राम्रो प्रतिक्रिया दिने र पछि पुनः रुष्ट हुने प्रवृत्ति रहेको बताएका थिए। 

कार्यक्रममा महासंघ अध्यक्ष ढकालले यसपल्ट निजी क्षेत्रका सुझावहरु बजेटमा समेटिएको पनि बताए। 

निर्यात बढाउने, आयात निरुत्साहन गर्ने, काठको आपूर्ति र निर्यात बढाउनेलगायत बुँदा बजेटमा समेटिनाले निजी क्षेत्रले त्यसलाई स्वागत गरेको उनको भनाइ छ। 

यस्तै उनले अघिल्लो आर्थिक ऐनले ल्याएका धेरैजसो सकारात्मक कुरालाई हालको आर्थिक ऐनले निरन्तरता नदिनाले निजीक्षेत्र निरुत्साहित भएको बताए।

निजी क्षेत्र सरकारको यस्ता नीतिगत अस्थिरता ल्याउने कुराकै कारण हतोत्सायी भएको उनको भनाइ छ। यस्ता कुराहरु सुधार हुनुपर्नेमा उनले जोड दिए।  

कुनै नीति तथा बजेटमा आउने सानो फरकले पनि पूरै देशकै उद्योगक्षेत्रको तस्विर देखाउने बताउँदै उनले यस्ता कुरामा सरकारले अर्थतन्त्रलाई के असर पर्छ भनेर अध्ययन गरेर मात्रै बनाउन आग्रह गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .