कारोबार


जोखिम घटाउन छोटो अवधिको कर्जातर्फ बैंकहरू

जोखिम घटाउन छोटो अवधिको कर्जातर्फ बैंकहरू

फाइल तस्बिर


केशर बोगटी
साउन ३, २०८० बुधबार ६:५३, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा विस्तार खुम्च्याएर टर्म लोन (कुनै निश्चित अवधिको कर्जा) भने बढाएका छन्। टर्म लोनमा जोखिम र जोखिम भार न्यून हुँदा बैंकहरुले यस्तो कर्जा बढाएका हुन्। 

आर्थिक वर्ष २०७९/८० जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले १४ खर्ब ७६ अर्ब टर्म लोन प्रवाह गरेका छन्। 

गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुले अन्य क्षेत्रमा कर्जा प्रवाह खुम्च्याउँदा टर्म लोन उल्लेख्य मात्रामा बढाएका हुन्। 

२०७९ जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ११ खर्ब ३६ अर्ब रुपैयाँ टर्म लोन प्रवाह गरेका थिए।

अघिल्लो वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाले साढे २ खर्ब रुपैयाँ टर्म लोन बढाएका छन्। 

गत वर्ष बैंकहरुको कर्जा प्रवाह सुस्त देखिँदा पनि टर्म लोन बढाएका छन्। 

टर्म लोन छोटो अवधिका लागि बैंक तथा वित्तीय संस्थाले औद्योगिक, विजनेस, सेवा क्षेत्रमा कर्जा प्रवाह गर्ने गर्दछन्। 

यस्तो कर्जामा निश्चित अवधिका लागि प्रवाह गरिने हुँदा जोखिम भारसमेत कम हुने हुन्छ। 

जोखिम भार धेरै भएको क्षेत्रमा लगानी बढाउदा बैंक तथा वित्तीय संस्थाको लगानी क्षमता घट्ने गर्दछ। तसर्थ, वित्तीय संस्था टर्म लोन दिन थालेका हुन्। 

वाणिज्य बैंकहरुले २०८० जेठ मसान्तसम्म कुल ४८ खर्ब ५८ अर्ब लगानी गरेको टर्म लोन मात्रै १४ खर्ब बढी छ। गत वर्ष त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाले ११ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

२०८० जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

जेठ मसान्तसम्म औद्योगिक संस्थाहरुमा ४ खर्ब ९७ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। त्यसैगरी विजनेस संस्थामा २ अर्ब ९८ अर्ब

३८ करोड रुपैयाँ र सेवा क्षेत्रमा २ खर्ब ६३ अर्ब ९९ करोड लगानी गरेका छन्। 

अन्य क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले टर्म लोनमार्फत ४ खर्ब १७ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

२०७९ जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा ३ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रभाव गरेका थिए। 

त्यसैगरी विजनेश सेक्टरमा २ अर्ब ९ अर्ब २१ करोड रुपैयाँ र सेवा क्षेत्रमा २ खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रभाव गरेका थिए। 

२०७९ जेठ मसान्तसम्ममा अन्य टर्म लोनमार्फत बैंक तथा वित्तीय संस्थाले २ खर्ब ९६ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

अघिल्लो वर्षको तुलनामा सबै क्षेत्रमा जाने टर्म लोन बढेको राष्ट्र बैंकले प्रतिवेदनले देखाएको छ। 

वर्किङ क्यापिटल लोनको तुलनामा टर्म लोनमा रिक्स कम हुँदा बैंक तथा वित्तीय संस्था यस्तो कर्जा प्रवाह बढाएको राष्ट्र बैंकका एक अधिकारीले बताए । 

उनका अनुसार वर्किङ क्यापिटल लोन भन्दा टर्म लोनमा बढाउँदा लगानी क्षमता धेरै हुने हुन्छ। 

‘टर्म लोनमा रिक्स कम हुन्छ र, जोखिम भारसमेत थोरै छुट्याउनु पर्छ’, उनले भने, ‘वर्किङ क्यापिटल लोनमा रिक्स धेरै हुन्छ। त्यहीकारण जोखिम भार पनि धेरै छुट्याउनु पर्छ । त्यसले बैंकले टर्म लोन बढाएका हुन।’

सुरक्षित नभएको क्षेत्रमा कर्जा प्रवाह गर्दा जोखिम भार १५० प्रतिशत छुट्याउनु पर्ने उनले बताए। 

उनका अनुसार डेढ करोड सम्मको होम लोनको लागि जोखिम भार ६० प्रतिशत छ । डेढ करोडभन्दा बढी लोन लिँदा जोखिम भार १५० प्रतिशत पुग्छ । 

केही बैंकको प्राथमिक पुँजी कोष अनुपात सीमा वरीपरि हुँदा बैंकहरुले जोखिम भार कम भएको क्षेत्रमा कर्जा प्रवाह गरिरहेको उनले  बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .