कारोबार


प्रभु बैंकका ग्राहकलाई धुलिखेल डेन्टल केयरमा छुट

प्रभु बैंकका ग्राहकलाई धुलिखेल डेन्टल केयरमा छुट

नेपालखबर
साउन ४, २०८० बिहिबार १९:४३, काठमाडौँ

प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेन्टल केयर प्रालिबीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डेन्टल केयरबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समूहका व्यक्तिको दाँतको उपचार  शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।

सम्झौता पत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेन्टल केयरका प्रबन्ध सञ्चालक अमिर हमालले हस्ताक्षर गरेका छन्।   

प्रभु बैंकले काभ्रे जिल्लामा ८ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ।

हाल बैंकको कुल शाखा ३०१ पुगेको छ भने ७१ वटा एक्सटेन्सन काउन्टर २६ वटा शाखा रहित बैंकङ र २७५ वटा एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .