कारोबार


लाभांश रकम लिन डिम्याट खाता खोल्न सेयरधनीलाई नेपाल बैंकको आग्रह

लाभांश रकम लिन डिम्याट खाता खोल्न सेयरधनीलाई नेपाल बैंकको आग्रह

नेपालखबर
माघ ६, २०७६ सोमबार ७:३४,

नेपाल बैंक लिमिटेडले घोषणा गरिएको १० प्रतिशत लाभांश रकममध्ये वितरण हुन बाँकी रकम सेयरधनीको बैंक खातामा छिट्टै राखिदिने जनाएको छ।

गत पुस २५ मा बैंकको ६०औं वार्षिक साधारणसभामा बैंकको चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश (लाभांश कर समेत) घोषणा गरिएको थियो।

सोहीअनुसार करकट्टीपश्चात् वितरण योग्य लाभांश ९२ करोड ६८ लाख ७० हजार ७ सय १४ रुपैयाँमध्ये आइतबारसम्म ६७ करोड ६४ लाख १२ हजार ३ सय ७८ रुपैयाँ वितरण गरिसकेको बैंकले जनाएको छ। अब बैंकले २५ करोड ४ लाख ५८ हजार ३ सय ३६ रुपैयाँ पनि यथाशीघ्र खातामा जम्मा गर्ने विज्ञप्तिमार्फत जनाएको छ।

हालसम्म पनि विभिन्न सेयरधनीहरुको ४ हजार ५ सय ४६ वटा खाताहरु डिम्याट नभएको र १ हजार २ सय ८१ प्लेजमा रहेको बैंकले जनाएको छ। डिम्याट गर्न बाँकी सेयरधनीलाई यथाशीघ्र खाता डिम्याट गर्न आग्रह गरेको छ।

बैंकले सिभिल क्यापिटल मार्केट्स लिमिटेडबाट सम्पूर्ण हस्तान्तरण योग्य तथा नन प्लेज सेयरधनीको विवरण प्राप्त भइसकेकाले बाँकी रहेको नगद लाभांश वितरण नेपाल क्लियरिङ्ग हाउस लि.सँगको सहकार्यमा छिट्टै गरिने जनाएको छ।

साथै चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय रुपैयाँबराबरको बोनस सेयर वितरण गरी बैंकको अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १५ अर्ब कायम गर्ने, जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रुपैयाँ कायम गरिनलागेको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad