कारोबार


फी-कमिसनबाट नबिल, एनआईसी र ग्लोबल आईएमीले धेरै कमाए, ६ वटाको आम्दानी घट्यो

फी-कमिसनबाट नबिल, एनआईसी र ग्लोबल आईएमीले धेरै कमाए, ६ वटाको आम्दानी घट्यो

फाइल तस्बिर


केशर बोगटी
साउन २४, २०८० बुधबार २१:४५, काठमाडौँ

गत वर्ष वाणिज्य बैंकको फी–कमिसन आम्दनी १३.५२ प्रतिशतले बढेको छ। 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत वर्ष २६ अर्ब ४८ करोड ६९ लाख रुपैयाँ फी–कमिसनबाट मात्रै आम्दानी गरेका छन्। 

अघिल्लो वर्ष त्यही अवधिमा वाणिज्य बैंककहरूले २३ अर्ब ३३ करोड रुपैयाँ फी–आम्दानी गरेका थिए। 

औसतमा वाणिज्य बैंकहरुको फी– कमिसन आम्दानी बढे पनि ५ बैंकको घटेको छ । 

गत वर्ष प्राइम कमर्सियल, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक र कृषि विकास बैंकको फी–आम्दानी घटेको छ। 

त्यसैगरी सिद्धार्थ, लक्ष्मी सनराइज, एनएमबि, नेपाल बैंक, कुमारी, हिमालयन, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, एनआईसी एसिया, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्यको फी–कमिसन भने बढेको छ। 

फी–कमिसनबाट सबैभन्दा धेरै कमाउनेमा नबिल, एनआईसी एसिया र ग्लोबल आईएमी बैंक रहेछन्। 

नबिलले नबिल नेट फी एण्ड कमिसनमार्फत २ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ। उता एनआईसी एसिया बैंकले नेट फी एण्ड कमिसनमार्फत २ अर्ब ३२ करोड रुपैयाँ कमाएको  छ। 

तेस्रोमा रहेको ग्लोबल आईएमई बैंक नेट फी एण्ड कमिसनमार्फत २ अर्ब ६ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ। 

के हो ‘फी कमिसन’? 
बैंकले ग्यारेन्टीसहित विभिन्न सेवा प्रदान गरेबापत पाउने शुल्क नै फी तथा कमिसन हो। 

‘बैंकले जति धेरैलाई कार्ड, लकर सुविधा, कर्जा प्रक्रियाको खर्च, एटीएम कार्ड, मोबाइल बैंकिङ, ग्यारेन्टी प्रदान गर्न सक्छन्, त्यति नै बढी फी तथा कमिसन प्राप्त गर्छन्’, एक बैंकरले भने। 

ती बैंकरका अनुसार बैंक तथा वित्तीय संस्थाले जति धेरै फी कमिसनमार्फत आम्दानी गर्छन्, त्यति नै संस्थाका लागि राम्रो हो। 

‘पछिल्लो समय बैंकहरूको व्यवसाय घटे पनि बैंकिङ कारोबार बढ्दा फी कमिसन बढेको हो’, उनले भने। 

फी तथा कमिसनबाट बढी आम्दानी हुँदा बैंक सञ्चालन खर्चमा सहयोग पुुग्ने भएकाले ब्याज आम्दानी कम भए पनि समस्या हुने उनको भनाइ छ। 

कार्यालय सञ्चालनकै लागि बैंकहरूको खर्च बढी हुने हुँदा बैंकले दिने ऋणमा ब्याजदर बढी हुने गरेको उनले बताए। 

यस्तो ब्याजदर कम हुनुलाई बैंकले गैरबैंकिङ गतिविधि बढाएर फी तथा कमिसनबाट बढी आम्दानी गर्नसके ब्याजदर घट्नमा सहयोग पुग्ने उनको भनाइ छ।

कुन बैंकले कति आम्दानी गरे? 

एनएमबि बैंक 
एनएमबि बैंकको फी एण्ड कमिसन आम्दनी ५.०४ प्रतिशतले बढेको छ। गत वर्ष एनएमबीले फी एण्ड कमिसनमार्फत १ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ।

अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १ अर्ब ४७ करोड रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। 

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको फी एण्ड कमिसन आम्दनी १३.०३ प्रतिशतले बढेको छ।

गत वर्ष बैंकले नेट फी एण्ड कमिसनमार्फत १ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १ अर्ब २१ करोड ९७ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। 

कुमारी बैंक 
बैंकले नेट फी एण्ड कमिसनमार्फत १ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ। 

अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ८१ करोड ८१ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको यस्तो आम्दानी ८५.३५ प्रतिशतले बढेको हो। 

माछापुच्छ्रे बैंक 
माछापुच्छ्रे बैंकको फी–कमिसन आम्दनी ३.१७ प्रतिशतले घटेको छ। गत वर्ष बैंकको पुँजीको टाइट हुँदा कर्जा विस्तार केही कडाई गर्दा फी कमिसन घट्न पुगेको हो। 

बैंकले गत वर्ष फी कमिसनबाट १ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ फी कमिसन आम्दानी गरेको थियो।

लक्ष्मी सनराइज बैंक 
बैंकले नेट फी एण्ड कमिसनमार्फत ९९ करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ९५ करोड ७१ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। 

एभरेष्ट बैंक 
बैंकले नेट फी एण्ड कमिसनमार्फत १ अर्ब ७ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १ अर्ब ३ करोड १८ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। 

नेपाल एसबीआई बैंक 
बैंकले नेट फी एण्ड कमिसनमार्फत १ अर्ब १८ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १ अर्ब २० करोड २७ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो। 

हिमालयन बैंक 
नेट फी एण्ड कमिसनमार्फत ९६ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ९१ करोड ३५ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
नेट फी एण्ड कमिसनमार्फत १ अर्ब ३४ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ९३ करोड २६ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

नबिल बैंक
नेट फी एण्ड कमिसनमार्फत २ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

सिटिजन्स बैंक
नेट फी एण्ड कमिसनमार्फत २३ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ८६ करोड ९० लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

प्राइम कमर्सियल बैंक
नेट फी एण्ड कमिसनमार्फत १ अर्ब ६ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १ अर्ब ८ करोड ८१ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

कृषि विकास बैंक 
नेट फी एण्ड कमिसनमार्फत १ अर्ब २२ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १ अर्ब ४० करोड रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

सानिमा बैंक 
नेट फी एण्ड कमिसनमार्फत ७७ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ८४ करोड ७५ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

नेपाल बैंक 
नेट फी एण्ड कमिसनमार्फत ९२ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ८८ करोड ६९ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

 

ग्लोबल आईएमई बैंक 
नेट फी एण्ड कमिसनमार्फत २ अर्ब ६ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १ अर्ब ६८ करोड २३ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

एनआईसी एसिया 
एनआईसी एसिया बैंकले नेट फी एण्ड कमिसनमार्फत २ अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले २ अर्ब २ करोड रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

प्रभु बैंक 
प्रभु बैंकले नेट फी एण्ड कमिसनमार्फत १ अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

नेपाल इन्भेष्टमेन्ट मेगा 
नेपाल इन्भेष्टमेन्ट मेगाले नेट फी एण्ड कमिसनमार्फत १ अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १ अर्ब २७ करोड ३० लाख रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

राष्ट्रिय वाणिज्य बैंक 
राष्ट्रिय वाणिज्य बैंकले नेट फी एण्ड कमिसनमार्फत ७० करोड रुपैयाँ आर्जन गरेको छ। 

अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ६७ करोड रुपैयाँ कमिसनमार्फत आर्जन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .