ग्लोबल


इटलीनजिक डुंगा पल्टिँदा ४१ आप्रवासीको मृत्यु

इटलीनजिक डुंगा पल्टिँदा ४१ आप्रवासीको मृत्यु

नेपालखबर
साउन २४, २०८० बुधबार १८:४३,

इटलीनजिक भूमध्यसागरमा डुंगा पल्टिँदा ४१ आप्रवासीको मृत्यु भएको छ। दुर्घटनाबाट बाँचेर किनारमा आइपुगेका ४ जनाले सोको जानकारी दिएका हुन्।

ट्युनिसियाबाट इटलीतर्फ हिँडेको डुंगा दुर्घटना भएको थियो।

बाँचेका चार जना आइभरी कोस्ट र गिनीका हुन्। उनीहरु बुधबार इटलीको लाम्पेदुसा पुगेका छन्।

यो वर्ष मात्रै उत्तरी अफ्रिकाबाट युरोप पुग्न चाहने १८ सयभन्दा बढी आप्रवासीको ज्यान गइसकेको छ।

पछिल्लो घटनाका जीवितहरुले आफूहरु एउटा डुंगामा ४५ जना भएको बताएका छन्। जसमा तीन बालबालिका पनि थिए।

सो डुंगा करिब ७ मिटर लामो भएको र गत साता ट्युनिसियाबाट हिँडेको बताइएको छ। डुंगामा रहेका १५ जनाले मात्र लाइफ ज्याकेट लगाएका थिए।

आफूहरुलाई एक कार्गो जहाजले उद्धार गरेको उनीहरुको भनाइ छ।

२०१४ यता भूमध्यसागरमा १७ हजारभन्दा बढी आप्रवासीको ज्यान गइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .