कारोबार


ओरेन्टल सहकारीका बचतकर्तालाई पैसा फिर्ता गरिँदै

पहिलो प्राथमिकता साना बचतकर्ता
ओरेन्टल सहकारीका बचतकर्तालाई पैसा फिर्ता गरिँदै

ओरेन्टलका सञ्चालक सुधीर बस्नेत


केशर बोगटी
भदौ ६, २०८० बुधबार १५:२२, काठमाडौं

सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल को–अपरेटिभ सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने कार्ययोजना बनाएको छ। 

समितिले सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने गरी कार्ययोजना बनाएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पेश गरेको हो।

मन्त्रालयले समितिको कार्ययोजना अनुसार नै पैसा फिर्ता बाँड्न आदेश दिएको सहकारी व्यवस्थापन समिति सदस्य सचिव केशवप्रसाद पौडेलले बताए। 

‘कार्ययोजना अनुरुप साना बचतकर्तालाई पहिलो चरणमा पैसा फिर्ता गर्न मन्त्रालयले आदेश दिएको छ’, उनले भने, ‘यो साताभित्र साना बचतकर्तालाई पैसा फिर्ता गर्ने तयारी छ।’

उनका अनुसार सहकारीका साना बचतकर्तालाई २ करोड ७८ लाख रुपैयाँ फिर्ता गर्ने योजना छ। 

अब प्राथमिताको आधारमा पहिलो चरणमा साना बचतकर्ताले पैसा फिर्ता गर्छौं,’ उनले भने । 

‘यसअघि ठूला बचतकर्ताले उजुरी हाल्दा पैसा बाड्न केही ढिलाइ भयो’, उनले भने, ‘उजरी परेपछि मन्त्रालयले तत्काल पैसा नबाँड्न आदेश दिएको थियो। बारम्बार छलफलपछि हिजो (भदौ ५ गते) पैसा बाँड्न आदेश भयो।’ 

सहकारी ऐन अनुसार सबैभन्दा पहिले साना बचतकर्ताको पैसा फिर्ता गर्नुपर्ने हुन्छ। तर, ठूला बचतकर्ताले पहिलो चरणमा पैसा फिर्ता गर्न भन्दै उजुरी दिएको उनले बताए।

कानुनले साना बचतकर्ताहरु, जसको ४०÷५० हजार बचत छ, पहिले उनीहरुलाई दिनु भनको छ। 

‘कानुनअनुसार समितिले पहिलो चरणमा साना बचतकर्तालाई नै फिर्ता गर्नेछ,’ उनले भने। 

ओरेन्टल सहकारीका करिब ५ हजार बचतकर्ताबाट साढे ३ अर्बको मागदाबीसहित उजुरी परेको समितिमा उजुरी छ ।   

मन्त्रालयले ‘ओरेन्टल को–अपरेटिभ सहकारीलाई दोस्रो पटक २०७९ असोज ७ गते समस्याग्रस्त घोषणा गरेको हो’, उनले भने, ‘समितिले यसअघि उठाएको करिब ३ करोड फिर्ता गर्नेछौं।’

हाल सहकारी व्यवस्थापन समितिले एक दर्जन समस्याग्रस्त सहकारीको व्यस्थापकीय जिम्मेवारीको जिम्मा लिएको छ । 

हालै मन्त्रालयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरी त्यसको व्यवस्थापकीय जिम्मेवारीसमेत समितिलाई दिएको छ । 

समितिले ओरेन्टल को–अपरेटिभ, स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी र कुवेर बचत तथा ऋण सहकारीको व्यवस्थापन सम्हालेको छ।

त्यसैगरी चाटर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, स्टान्डर्ड मल्टिप्रपोज को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी र लुः निभा बहुउद्देश्य सहकारीको व्यवस्थापन पनि समितिको कार्यालयको जिम्मामा छ।

पछिल्लो समय समस्याग्रस्त सहकारीका ऋणी धमाधम ऋण तिर्न थालेको पौडल बताउँछन। 

ऋण नतिर्ने ऋणीलाई कालोसूचीमा राख्ने भनिएपछि तिर्न आउन थालेको पौडेलले भनाइ छ। 

उनका अनुसार पछिल्लो समय ऋण उठ्ने क्रम बढेकाले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्ने थालिएको छ।

लुःनिभा बहुउद्देश्यको फर्चोटको तयारी 
सहकारी व्यवस्थापन समितिले लुःनिभा सहकारीको बचतकर्ताको बचत फिर्ता गरी आगामी असोजभित्र फच्र्योट गर्ने तयारी छ। 

उनले सहकारीका अधिकांश बचतकर्ताको पैसा फिर्ता गरिएको र छिटफुट बचतकर्ताको पैसा फिर्ता गरी चाँडै फच्र्योट गर्ने तयारी रहेको पौडेल बताउँछन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .