सेयरबजार झिनो अंकले घटेको छ। बजार २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा झरेको हो।
नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार भने बढेको छ। आज नेप्सेमा १ अर्ब १३ करोडको कारोबार भएको छ।
कारोबारमा आएमध्ये ७९ कम्पनीको सेयरमूल्य बढ्दा १३१ कम्पनीको घटेको छ। १९ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।
आज सिटि होटलको सेयरमूल्य सार्वधिक ९.८८ प्रतिशतले बढेको छ। माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ। आज बैंकको १० करोडको कारोबार भएको छ।
21
Shares

प्रतिक्रिया