कारोबार


घर जग्गाको धितो कर्जा एकै वर्ष २ खर्बले बढ्यो, गत वर्ष ३३ खर्ब १६ अर्ब प्रवाह

घर जग्गाको धितो कर्जा एकै वर्ष २ खर्बले बढ्यो, गत वर्ष ३३ खर्ब १६ अर्ब प्रवाह

फाइल तस्बिर


केशर बोगटी
भदौ १४, २०८० बिहिबार ११:३२, काठमाडौँ

गत वर्ष मात्रै घरजग्गा धितो कर्जा २ खर्बले बढेको छ। अघिल्लो वर्षसम्म घरजग्गा धरौटी वापत बैंक तथा वित्तीय संस्थाले ३१ खर्ब १६ अर्ब कर्जा प्रवाह गरेका थिए। गत वर्ष घरजग्गा धरौटी वापत कर्जा ३३ खर्ब १६ अर्ब पुगेको छ। 

अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो बापत दिने कर्जा केही बढे पनि वृद्धिदर घटेको छ। 

आर्थिक वर्ष २०७६/७७ पछि घरजग्गा धितो कर्जाको वृद्धिदर उल्लेख्य मात्रामा बढेको देखिन्छ।

आर्थिक वर्ष २०७६/७७ मा घरजग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाले २१ खर्ब ४६ अर्ब ६२ लाख रुपैयाँ कर्जा दिएका थिए। 

त्यसपछि यस्तो धरौटी वापतको कर्जा बृद्धिदर उच्चदरले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

बैंक तथा वित्तीय संस्थाबाट जाने कर्जा उल्लेख्य मात्रामा बढ्दा ठूलो हिस्सा घर जग्गा धेरौटी देखिएको छ। कुल कर्जा प्रवाहको ६५ प्रतिशत घरजग्गा धरौटी वापत गएको देखाउँछ। 

कोभिड महामारीको बेलामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई केही सहुलियत र छुटका सुविधा दिँदा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) अधिक हुँदा कर्जा प्रवाह उल्लेख्य मात्रामा बढेको थियो। 

कर्जा उल्लेख्य मात्रामा बढ्दा पनि आर्थिक बृद्धि नहुनुले कर्जा अनउत्पादक क्षेत्रमा गएको विज्ञहरुले आँकलन छ।

अनउत्पादक क्षेत्रमा कर्जा जाँदा आर्थिक वृद्धि नकारात्मक हुने र मुल्यवृद्धिसमेत बढ्ने गर्छ। 

आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा घरजग्गा धितो राखेर जाने कर्जा ६ खर्ब १ अर्बले बढेर २७ खर्ब ५६ अर्ब पुगेको थियो। 

आर्थिक वर्ष २०७५/७६ मा १८ खर्ब ७४ अर्ब, २०७६/७७ मा २१ खर्ब ४६ अर्ब ६२ करोड, २०७७/७८ मा २७ खर्ब ५६ अर्ब ४९ करोड, २०७८/७९ मा ३१ खर्ब २८ रुपैयाँ र २०७९/८० मा यस्तो धितो वापत ३३ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह छ।

कोभिडकालमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएका सहुलियत र छुटका सुविधा घटाउँदै जाँदा गत वर्ष कर्जा वृद्धिदर ३.४२ प्रतिशतमा खुम्चिएको हो।

गत वर्ष निक्षेप १२ प्रतिशतले बढ्दा कर्जा प्रवाह ३.४२ प्रतिशतमा खुम्चिएको थियो। 

कुन धितोमा कति कर्जा? 
गत वर्षसम्म बैंक तथा वित्तीय संस्थाबाट ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह भएको छ। विभिन्न धरौटी वापत बैंक तथा वित्तीय संस्थाले गत वर्षसम्म ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह गरेका थिए।

गत वर्षसम्म सबैभन्दा धेरै सम्पत्ति धरौटी वापत कर्जा गएको छ। सम्पत्ति धरौटी वापत ४३ खर्ब १३ अर्ब रुपैयाँ कर्जा गएको छ।

त्यसैगरी सुनचाँदी धरौटी राखी बैंक तथा वित्तीय संस्थाले ५५ अर्ब ६१ करोड कर्जा गएको छ। 

त्यसैगरी सरकारी धितोवापत ३ अर्ब ६९ करोड, गैर सरकारी धितोपत्र बापत ५८ अर्ब २४ करोड रुपैयाँ कर्जा गएको छ। 

गत वर्षसम्म वित्तीय संस्थाले सबैभन्दा बढी घरजग्गा धितो राखी कर्जा दिएका छन्। यस्तो धितोवापत गत वर्षसम्म ३३ खर्ब १६ अर्ब रुपैयाँ कर्जा गएको छ। 

त्यसैगरी बिल्स ग्यारेन्टी वापत ३७ अर्ब १८ करोड, क्रेडिट कार्ड धितो वापत ४ अर्ब ६३ लाख र अन्य धितोपावत १ अर्ब ५३ अर्ब रुपैयाँ कर्जा गएको छ।

बैंक तथ वित्तीय संस्थाको कर्जा कोल्याटर (धितो बेस) हुँदा बैंकिङ क्षेत्रमा कुनै रिक्स नभएको बैंकर्सहरुको भनाइ छ।

उनीहरुका अनुसार पछिल्लो समय कर्जा रिकोभरीमा केही समस्या भए पनि  बैंकिङ क्षेत्र सुरक्षित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .