कारोबार


प्रोत्साहनबाट लघुवित्तको संख्या नघटे ‘फोर्सफुल’ मर्जर गराइने

प्रोत्साहनबाट लघुवित्तको संख्या नघटे ‘फोर्सफुल’ मर्जर गराइने

फाइल तस्बिर


केशर बोगटी
भदौ १५, २०८० शुक्रबार ८:१८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले प्रोत्साहनमार्फत लघुवित्तको संख्या घटाउने नीति अवलम्बन गरेको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत प्रोत्साहन विधि अवलम्बन गरी राष्ट्र बैंकले लघुवित्तको संख्या घटाउन लागेको हो। 

केन्द्रीय बैंकले २०८१ असार मसान्तभित्र मर्ज भइ एकीकृत कारोबार सुरु गरेका लघुवित्तलाई केही छुट र सहुलियत दिँदैछ। 

राष्ट्र बैंकले २०८१ असार मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने लघुवित्तलाई सर्कुलरमार्फत छुट तथा सहुलियत दिएको छ।  

राष्ट्र बैंकले मर्जरमा गई चालु आ.व.मा एकीकृत कारोबार गर्ने लघुवित्तलाई एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई साविक बमोजिमको भुक्तानी तालिकाअनुसार तोकिएको सीमाभित्र ल्याउन सकिने सहुलियत दिएको छ। 

त्यस्तै, एकीकृत कारोबार गरेको मितिले एक वर्षसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत मात्रै जोखिम भारित सम्पत्ति थप गरे पुग्ने भएको छ। 

केन्द्रीय बैंकले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरे १५ प्रतिशतमाथिको प्रस्तावित लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा र १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था गरेको छ।

जसमध्ये १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था एकीकृत कारोबार सुरु गरेको मितिले एक वर्षसम्म छुट पाउने भएका छन्। 

छुट तथा सुविधा दिँदा पनि लघुवित्तको संख्या नघटे ‘फोर्स फुल’ मर्जर रणनीति अवलम्बन गरिने राष्ट्र बैंकका एक अधिरारीले बताए।

लघुवित्त वित्तीय संस्थालाई ३०/३५ हाराहारीमा झार्न खोजिएको उनले भनाई छ। 

‘यो वर्ष मर्जरमा जाने लघुवित्तलाई केही छुट तथा सुविधा दिएका छौ’, उनले नेपाल खबरसँग भने, ‘छुट तथा सुविधा दिदाँ पनि लघुवित्त संख्या कम नभए ‘फोर्स फुल’ मर्जर गराउँछौँ।’

सानो सुविधाले पनि मर्जरमा जाने लघुवित्तलाई राहात दिन छुट तथा सहुलियतको व्यवस्था गरिएको उनले बताए।

सुखी भएर लघुवित्त संस्था मर्जमा जाने अवस्था नभए पनि बाध्यता पनि मर्जर गराउनुपर्ने अवस्था रहेको उनले बताए। 

सानो–सानो मतभेदका कारण संस्थाहरु मर्जमा जान नसकिरहेको उनको भनाइ छ।

‘गत वर्षसम्म मर्जरलाई प्रोत्साहन गर्दा लघुवित्तको संख्या घटेर ५७ मा झरेको छ’, अझै केही प्रक्रियामा छन्’, उनले भने, ‘यस्तो बेला ‘फोर्सफुल’ मर्जर बाटोमा नजाऔँ भनेर यो वर्ष पनि छुट र सुविधा लिएका हौँ।’

अहिले पनि लघुवित्त कम्पनीहरु मर्जरमा जाने क्रम रोकिएको छैन। केही दिनअघि समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले मर्जरमा जाने सम्झौता गरेका छन्।

यसअघि राष्ट्र बैंकले क्रस होल्डिङ भएका लघुवित्त वित्तीय संस्थालाई ‘फोर्स फुल’ मर्जरमा लैजाने भनेको थियो। 

अघिकांश लघुवित्तको क्रस होल्डिङ ५०/४९ नहुदाँ ‘फोर्स फुल’ मर्जर गराउन नसकिने ती अधिकारीले बताएका छन्। 

अधिकांश लघुवित्तको क्रस होल्डिङ १०/१२ प्रतिशत हुँदा ‘फोर्स फुल’ मर्जर गराउन नसकिएको उनले बताए।

मर्जरको प्रकृयामा यी लघुवित्त? 
हाल एक दर्जन लघुवित्त कम्पनीहरु मर्जर प्रक्रियामा छन्। १२ वटा लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनसम्बन्धी सम्झौता गरी एकीकृत कारोबार सुरु गर्ने प्रक्रियामा छन्।

अहिले सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्त, नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त, स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त, किसान लघुवित्त र जालपा लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त मर्जरमा जाने  तयारीमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .