कारोबार


एनआईसी एशिया बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

एनआईसी एशिया बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १४:४७, काठमाडौँ

एन आई सी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ ग्राहकहरुका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोबाइल बैकिङ ग्राहकले बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी कनेक्ट आईपीएस मार्फत फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्।

भाद्र १७ देखि असोज २० गतेसम्म लागू हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एनआईसी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ।

फन्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बैंकस् युजिङ कनेक्ट आईपीएस छनौट गर्नुपर्छ ।

यसरी फन्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन। फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ।

हाल २४ लाखभन्दा बढि मोबाइल बैंकिङ ग्राहकहरुले मोबैंक एप प्रयोग गरिरहेका छन् भने मोबाइल बैकिङमा रहेको कनेक्ट आईपीएस मार्फत प्रतिदिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad