कारोबार


विश्वकै सबैभन्दा ठूलो जेट विमानको परीक्षण उडान सफल

विश्वकै सबैभन्दा ठूलो जेट विमानको परीक्षण उडान सफल

नेपालखबर
माघ १२, २०७६ आइतबार ८:२६,

बोइङको दुईवटा म्याक्स ७३७ विमान दुर्घटनामा परेपछि उक्त मोडलका सबै उडानहरु गत वर्षदेखि स्थागित छन्।

त्यस दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो। बोइङले आफ्नो छवि सुधार्ने प्रयासस्वरूप नयाँ विमानको परीक्षण गरेको बीबीसीले जनाएको छ।

अमेरिकाको सीयाटलनजिकै एउटा विमानस्थलबाट उडेको ७७७ एक्स विमानले चार घण्टापछि अवतरण गरेको थियो। तीव्र गतिमा हावा चलेकाले यस अघि दुईचोटि परीक्षण उडान स्थगित गरिएको थियो।

आगामी वर्ष सेवामा प्रवेश गर्नुअघि यो विमानको थप परीक्षण हुने जनाइएको छ।

झन्डै २५२ फुट लामो यो विमान यही वर्ष प्रयोगमा ल्याइने योजना भए पनि केही प्राविधिक समस्याका कारण ढिलो हुन पुगेको हो।

यो मोडलको विमान बोइङको सफल ७७७ मिनी–जम्बो विमानको विशाल र परिष्कृत रूप हो। दोब्रिने विङ्टिप र संसारकै सबैभन्दा विशाल व्यावसायिक इन्जिन यो विमानका विशेषता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad