ad ad

कारोबार


नबिल, एनआईएमबी र ग्लोबलबीच प्रतिस्पर्धा, कुन सूचकमा को अब्बल?

पहिलो त्रैमाससम्मको रिपोर्ट
नबिल, एनआईएमबी र ग्लोबलबीच प्रतिस्पर्धा, कुन सूचकमा को अब्बल?

फाइल तस्बिर


केशर बोगटी
कात्तिक २०, २०८० सोमबार ११:५, काठमाडौँ

वाणिज्य बैंकहरुले साढे १३ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमास (असोज) मसान्तसम्म वाणिज्य बैंकहरुले उक्त नाफा गरेका हुन्। 

असोज मसान्तससम्म सबैभन्दा धेरै खुद नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ। 

दोस्रोमा नबिल, तेस्रोमा ग्लोबल आईएमई, चौथोमा हिमालयन, पाँचौमा प्राइम कमर्सियल बैंक र छौटौं प्रभु बैंक र सातौंमा एनआईसी बैंक छ। 
कुन बैंकको नाफा कति? 

यस अवधिमा एनएमबि बैंकले ९६ करोड ३२ लाख नाफा गरेको छ। त्यस्तै सिद्धार्थ बैंकले ४२ करोड ८६ लाख, कुमारीले २६ करोड ३९ लाख, माछापुच्छ्रे ५४ करोड २२ लाख र एभरेष्ट बैंक ७८ करोड नाफा गरेका छन्।

उता नेपाल एसबीआई बैंकले ४७ करोड ९१ लाख, हिमालयन बैंकले १ अर्ब ५ करोड, स्टान्डर्डले ८२ करोड ७७ लाख, नबिल बैंकले १ अर्ब ४६ करोड र सिटिजन्सले ४० करोड २४ लाख खुद नाफा गरेका छन। 

त्यसैगरि प्राइम १ अर्ब १५ करोड, सानिमा बैंकले ४८ करोड २९ लाख, नेपाल बैंकले १४ करोड २३ लाख, ग्लोबल आईएमई बैंकले १ अर्ब २२ करोड, एनआईसी एशिया बैंकले १ अर्ब १ करोड, प्रभु बैंकले १ अर्ब ३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ५२ करोड र लक्ष्मी सनराइज बैंकले १० करोड ३० लाख नाफा गरेका छन्। 

तर उता कृषि विकास बैंक भने पहिलो त्रैमासमा ८८ करोड नोक्सानी देखिएको छ। बैंकको रिकोभरीमा समस्या आउँदा कर्जा नोक्सानी बढ्न गई सरकारी बैंक नोकसानीमा देखिएको हो।  

ब्याज आम्दानी कुनको कति? 
असोज मसान्तसम्म ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ब्याज आम्दानी गर्न सफल भएको छ। पहिलो त्रैमाससम्ममा ग्लोबल आइएमईले ४ अर्ब ८० करोड ब्याज आम्दानी गरेको छ। 

दोस्रोमा नबिल बैंक छ। बैंकले नबिल बैंकले ४ अर्ब १७ करोड ब्याज आम्दानी गरेको छ। 

त्यसैगरी एनआएमबि बैंकले असोजमसान्सम्ममा २ अर्ब २२ करोड ब्याज आम्दानी गरेको छ। 

सानिमा बैंकले १ अर्ब ५२ करोड, कृषि विकास बैंक २ अर्ब ६ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ९९ करोड, सिटिजन्स बैंकले १ अर्ब ४४ करोड, नबिल बैंकले ४ अर्ब १७ करोड, स्टान्डर्ड चाटडर्ड बैंकले १ अर्ब ३८ करोड आम्दानी गरेको छ।

त्यस्तै हिमालयन बैंकले ३ अर्ब १७ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ३८ करोड, एभरेष्ट बैंकले १ अर्ब ८९ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ४१ करोड, कुमारी बैंकले ३ अर्ब ४ करोड, सिद्धार्थ बैंक १ अर्ब ९६ करोड र लक्ष्मी सनराइज बैंकले २ अर्ब ८६ करोड आम्दानी गरेका छन्। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब १६ करोड, प्रभु २ अर्ब ५४ करोड, एनआईसी एशिया बैंकले २ अर्ब ७४ करोड, ग्लोबल आइएमई बैंकले ४ अर्ब ८० करोड, नेपाल बैंकले २ अर्ब ५४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ।  

कर्जा प्रवाहमा वाणिज्य बैंक आक्रमक? 
असोज मसान्तसम्म नबिल बैंकले सर्वाधिक कर्जा प्रवाह गरेको छ। बैंकले ३ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरेको छ। 

त्यसैगरि ग्लोबल आईएमई बैंकले ३ खर्ब २३ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ खर्ब ४ अर्ब कर्जा प्रवाह गरेका छन्। 

नेपाल बैंकले पहिलो त्रैमाससम्म १ खर्ब ८० अर्ब कर्जा प्रवाह गरेको छ। ग्लोबल आईएमई बैंकले ३ खर्ब २३ अर्ब, एनआईसी एशिया बैंकले ३ खर्ब ११ अर्ब, प्रभु बैंकले २ खर्ब ३६ अर्ब र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ खर्ब ४ अर्ब कर्जा प्रवाह गरेका छन्।

उता लक्ष्मी सनराइज बैंकले २ खर्ब ५९ अर्ब, सिद्धार्थ बैंकले १ खर्ब ८६ अर्ब, कुमारी बैंकले २ खर्ब ७६ अर्ब, माछापुच्छ्रे बैंकले १ खर्ब ३० अर्ब, एभरेष्ट बैंकले १ खर्ब ६५ अर्ब र नेपाल एसबिआई बैंकले १ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका छन्।

त्यसैगरि हिमालयन बैंकले २ खर्ब ३४ अर्ब, स्टान्डर्ड चाटडर्ड बैंकले ७९ अर्ब, नबिल बैंकले ३ खर्ब ५३ अर्ब, सिटिजन्स बैंक १ खर्ब ४२ अर्ब, प्राइम कमर्सियल बैंकले १ खर्ब ६४ अर्ब, कृषि विकास बैंकले १ खर्ब ८३ अर्ब, सानिमा बैंकले १ खर्ब ४९ अर्ब र एनएमबि बैंकले १ खर्ब ९७ अर्ब कर्जा प्रवाह गरेका छन्। 

कुनको खराब बर्जा कति? 
पहिलो त्रैमाससम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकहरुको खराक कर्जा (एनपीएल) उलेख्य मात्रामा बढेको छ। 

गत वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरुको खराब कर्जा दोब्बर बढी देखिएको छ। यस अवधिमा कृषि विकास बैंकको खराब कर्जा ५ प्रतिशत नाघेको छ।

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशत नाघ्नु जोखिमयुक्त मानिन्छ। अन्य आधा दर्जन वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशत नजिक छ।  

असोज मसान्तसम्म एनएमबि बैंकको खराब कर्जा २.८४ प्रतिशत रहेको छ। सानिमा बैंकको १.७९ प्रतिशत, कृृषि विकास बैंकको ५.३३ प्रतिशत, प्राइम कमर्सियल बैंकको ३.६७ प्रतिशत, सिटिजन्स बैंकको ३.९७ प्रतिशत, नबिल बैंकको ३.६९ प्रतिशत र स्टान्डर्ड चाटडर्ड बैंकको १.१० प्रतिशत छ।

उता हिमालयन बैंकको ४.६७ प्रतिशत, नेपाल एसबिआई बैंकको २.३५ प्रतिशत, एभरेष्ट बैंकको ०.९० प्रतिशत, माछापुच्छ्रे बैंकको २.५६ प्रतिशत, कुमारी बैंकको ४.८९ प्रतिशत, सिद्धार्थ बैंक ३.४४ प्रतिशत छ।

त्यस्तै लक्ष्मी सनराइज बैंकको ४.६९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.८३ प्रतिशत, प्रभु बैंकको ३.९७ प्रतिशत, एनआईसी एशिया बैंकको १.३७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.३८ प्रतिशत र नेपाल बैंकको ३.८४ प्रतिशत छ। 

बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त? 
पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८० प्रतिशत देखिन्छ। यसले बैंकहरुको कर्जा लगानी क्षमता धेरै रहेको देखाउँछ। 

पछिल्लो समय कर्जा प्रवाह खुम्चिँदा बैंकहरुमा लगानीयोग्य रकम बढेको देखिन्छ। 

असोज मसान्तसम्म एनएमबि बैंकको सीडी रेसियो ८६.३९ प्रतिशत रहेको छ। 

सानिमा बैंकको ७६.९६ प्रतिशत, कृृषि विकास बैंकको ८०.४३ प्रतिशत, प्राइम कमर्सियल बैंकको ८३.२१ प्रतिशत, सिटिजन्स बैंकको ८९.७३ प्रतिशत, नबिल बैंकको ८६.५३ प्रतिशत, स्टान्डर्ड चाटडर्ड बैंकको ७२.१५ प्रतिशत र हिमालयन बैंकको ८४.३९ प्रतिशत छ।

त्यस्तै, नेपाल एसबीआई बैंकको ७५.६३ प्रतिशत, एभरेष्ट बैंकको ८२.९८ प्रतिशत, माछापुच्छ्रे बैंकको ८३.५६ प्रतिशत, कुमारी बैंकको ८६.०१ प्रतिशत, सिद्धार्थ बैंकको ८१.५९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ८३.४५ प्रतिशत छ।

उता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३.८२ प्रतिशत, प्रभु बैंकको ८४.८८ प्रतिशत, एनआईसी एशिया बैंकको ८०.८९ प्रतिशत, ग्लोबल आइएमई बैंकको ८१.१८ प्रतिशत र नेपाल बैंकको सीडी रेसियो ७३.८६ प्रतिशत छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .