ad ad

कारोबार


सस्तो हुँदै बैंकहरूको कर्जा, साना ग्राहकले पनि लिन सक्छन् फाइदा

सस्तो हुँदै बैंकहरूको कर्जा, साना ग्राहकले पनि लिन सक्छन् फाइदा

फाइल तस्बिर


केशर बोगटी
कात्तिक २२, २०८० बुधबार १८:४३, काठमाडौँ

वाणिज्य बैंकहरुको कर्जा ब्याजदर सस्तो हुन थालेको छ। आधारदर घटाउन थालेपछि कर्जाको ब्याजदर सस्तो हुन थालेको हो। 

असोज मसान्तसम्म वाणिज्य बैकहरूको औसत आधारदर (बेसरेट) १० प्रतिशत छ। 

गत आर्थिक वर्ष असोज मसान्तसम्म वाणिज्य बैंकहरूको औसत बेसरेट १०.०७ प्रतिशत थियो। 

जुन चालु आवको त्यही अवधिमा ०.०७ प्रतिशतले घटेर १० प्रतिशत आइपुगेको छ। 

वाणिज्य बैंकहरुको औसत बेसरेट घटेसँगै कर्जाको औसत ब्याजदर घट्न गई कर्जाको दर सस्तो हुन थालेको हो।  

बैंकहरुले बेसरेटमा प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्दछन। तसर्थ बेसरेट कम भएका बैंकको ब्याजदर सस्तो हुने हुन्छ।

तर, केही बैंकहरुले आफ्ना विशेष ग्राहकलाई प्रिमियम छुट गरी कर्जा प्रवाह गर्दछन्। 

प्रिमियम दिने छुटले विशेष ग्राहकलाई केही राहात मिल्ने भए पनि सर्वसाधारणले यस्तो सुविधा नपाउने गरेका छन्।

लगानीयोग्य रकम (तरलता) अधिक हुँदा बैंकहरुले प्रिमियम छुट गरी कर्जा प्रवाह गर्ने गर्दछन्। 

एकै प्रकृतिका कर्जामा केही ठूला ग्राहकले प्रिमियममा छुट पाउने केही नपाउने हुँदा नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गरी एकै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाइने जनाएको छ। 

यसले एकै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाइने हुँदा ठूला छुट दिँदा सानालाई पनि राहात हुने देखिएको छ। 

यतिबेला बैंकहरुमा अधिक तरलता हुँदा प्रिमियमा छुट गरि कर्जा प्रवाह गरिरहेको बैंकरहरु बताउँछन। 

प्रिमियममा छुट दिँदा पनि कर्जाको माग बढ्न नसकेको उनीहरुले बताएका छन्।

पछिल्लो समय बैंकहरुमा निक्षेप थुप्रिएसँगै बैंकहरुले प्रिमियम घटाएर कर्जा दिइरहेको हिमालयन बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) असोज राणा बताउँछन। 

‘माग र आपूर्तिले ब्याजदर तलमाथि हुन्छ’, उनले भने, ‘अहिले बैंकहरुमा अधिक तरलता छ। यसले विस्तारै ब्याजदर घट्ने जानेछ।’

बैंकहरुले पछिल्लो तिन महिनाको औसत बेसरेटलाई आधार मानी मासिक रुपमा बेसरेट परिवर्तन गर्न पाउँछन। 

यद्यपि, जुन बैंकको बेसरेट कम हुन्छ, त्यही बैंकबाट कर्जा लिँदा सस्तो हुन्छ जान्छ। 

हाल सञ्चालित २० वाणिज्य बैंकमध्ये २ बैंकको बेसरेट ९ प्रतिशत कम छ। त्यसैगरी ७ वाणिज्य बैंकको बेसरेट १० प्रतिशत कम अर्थात एकल अंकमा छ। 

असोज मसान्तसम्म आइपुग्दा कुमारी बैंकको बेसरेट सबैभन्दा धेरै १०.९१ प्रतिशत  छ। त्यसैगरी हिमालयन बैंकको १०.८६ प्रतिशत, प्राइम कमर्सियल बैंकको १०.६४ प्रतिशत छ। 

असोज मसान्तसम्म आइपुग्दा स्टान्डर्ड चाटर्ड बैंकको बेसरेट सबैभन्दा कम ८.४२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ८.७ प्रतिशत छ। 
उक्त अवधिमा ११ बैंकको बेसरेट १० प्रतिशतबाट ११ प्रतिशतसम्म छ। 

१० प्रतिशत बढी बेसरेट भएका बैंक 
सिटिजन्स बैंकको बेसरेट १०.६ प्रतिशत छ। उता प्रभु बैंकको १०.१७ प्रतिशत, प्राइम कमर्सियलको १०.६४ प्रतिशत, ग्लोबल आइएमई बैंकको १०.०७ प्रतिशत, एनआईसी एसिया बैंकको १०.५६ प्रतिशत छ।

त्यस्तै कुमारी बैंकको १०.९१ प्रतिशत, नेपाल एसबीआई बैंकको १०.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १०.८ प्रतिशत, हिमालयन बैंकको १०.८६ प्रतिशत र कृषि विकास बैंकको १०.३८ प्रतिशत छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .