कारोबार


‘अर्थतन्त्र निकै ठूलो दबाबमा छ, जनतामा आशा र उत्साह जगाउन सकिएन’

‘अर्थतन्त्र निकै ठूलो दबाबमा छ, जनतामा आशा र उत्साह जगाउन सकिएन’

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
मंसिर २५, २०८० सोमबार १३:५६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली अर्थतन्त्र वर्तमान अवस्थामा ठूलो दबाबमा रहेको बताएका छन्। 

सोमबार मध्यान्ह नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई संकटबाट माथि लैजान सरकारले प्रयास गरिरहेको बताए। 

‘अर्थतन्त्र निकै ठूलो दबाबमा छ। सरकारले निकै ठूलो सुधारको प्रयास गरिरहेको छ। राष्ट्र बैंकको नीतिगत र व्यवहारिक निर्णयले सहजीकरण गर्ने बिन्दुमा आइसकेको छ’, उनले भने, ‘अर्थतन्त्र अझै दबाबमा छ। सजिलो छैन। रेमिट्यान्स बढेको छ, कृषि उत्पादन बढेको छ। दक्षिण एसियामा राम्रो अवस्थामा छौँ। तर रियलमा जनतामा उत्साह जागेको छैन, आशा पनि देखिँदैन। व्यसायहरू बन्द हुँदै गएका छन्।’

दाहालले अर्थतन्त्रमाथिको दबाब हटाउन अझै धेरै मिहिनेत गर्नुपर्ने भएको बताए। ‘हामी बजेट र नीति तथा कार्यक्रमको अहिलेबाटै तयारीमा छौँ’, उनले भने, ‘हामी अब र्‍याडिकल रिफर्ममा जानुपर्छ। गुणात्मक परिवर्तनमा जानुपर्छ। अब परम्परागत बजेट ल्याएर हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .