कारोबार


नाडाको अध्यक्ष करण चौधरीलाई बनाउने सहमति

नाडाको अध्यक्ष करण चौधरीलाई बनाउने सहमति

नेपालखबर
पुस ३, २०८० मंगलबार २०:१८, काठमाडौँ

अटोमोइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आगामी अध्यक्षमा करण चौधरी बन्ने सहमति भएको छ। प्रतिस्पर्धामा आकाश गोल्छा प्रकाश कपुरी र करण चौधरी रहेकोमा चौधरीलाई सर्वसम्मत गर्ने निर्णय गरिएको नाडाले जनाएको छ।

लामो प्रयासपछि मंगलबार साँझ बसेको पूर्व अध्यक्षहरूसमेतको बैठकले सहमति गराउन सफल भएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए। अर्को पटक अध्यक्षमा व्यवसायी आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति जुटेको समेत थापाले बताए।

यसैगरी अध्यक्षका अर्का आकांक्षी प्रकाश कपुरीलाई समेत कार्यसमितिमा नै समेट्नेगरी सहमति जुटेको थापाको भनाइ छ।

नाडाको अन्य पदाधिकारीमा समेत सहमति गराउने प्रयास भइरहेको नाडाले जनाएको छ।

नाडाको अधिवेशन पुस २० र २१ गतेलाई तोकिएको छ। २१ गते नयाँ कार्यसमिति चयन हुने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .