कारोबार


माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुईवटा विधाबाट सम्मानित

माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुईवटा विधाबाट सम्मानित

नेपालखबर
पुस १३, २०८० शुक्रबार १९:२५, काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको छ।

भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई उक्त दुई अर्वाडहरू प्रदान गरिएको छ। माछापुच्छ्रे बैंक लिमिटेडलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पिओएस मेसिन प्रवर्द्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरेको बैंकले जनाएको छ।

हाल स्मार्ट बैंकको नारासहित डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरु प्रदान गर्दै आई रहेको छ। बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो ‘स्मार्ट बैंक’को रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढि रहेको छ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad