कारोबार


अमेरिकी डलर, यूरोसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

अमेरिकी डलर, यूरोसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

नेपालखबर
पुस १९, २०८० बिहिबार ६:२२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। 

बुधबारको कारोबारको तुलनामा आज धेरैजसो बिदेशी मुद्राको भाउ घेटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा तोकिएको छ। हिजो १ अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा थियो।

त्यसैगरी आजको लाागि बेलायती १ पाउण्डको खरिददर १६७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५९ पैसा तोकिएको छ। हिजो एक युरोको खरिददर १६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३० पैसा थियो। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज १ यूरोको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ।

मंगलबार १ यूरोको खरिददर १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४७ रुपैयाँ ३३ पैसा थियो। बुधबार १ यूरोको खरिददर १४६ रुपैयाँ २ पैसा र बिक्री दर १४६ रुपैयाँ ६२ पैसामा झरेको थियो। 

त्यसैगरी आजको लागि कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ। हिजो १ रियालको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा थियो। 

त्यसैगरी स्वीस फ्रान्क १ को खरिददर १५५ रुपैयाँ ७० पैसा र बिक्री दर १५६ रुपैयाँ ४० पैसा तोकिएको छ। हिजो स्वीस फ्रान्क १ को खरिददर १५६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५७ रुपैयाँ ४४ पैसा थियो।  

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर  ४३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १८ पैसा तोकिएको छ। हिजो कुबेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ५६ पैसा थियो। 

हेर्नुहाेस सबै  विदेशी मुद्राकाे सूची


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad